मतपत्र च्यातेको अभियोग लागेकालाई मतगणनामा समावेश नगराइने
सारांश
- चितवन, १९ मंसिर , स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिकाको मतगणनाका क्रममा मतपत्र च्यातेको अभियोग लागेकालाई मतगणनामा समावेश नगराइने भएको छ ।
- मतपत्र च्यातेको अभियोगमा माओवादी केन्द्र निकट मधु न्यौपाने र द्रोणबाबु शिवाकोटीविरुद्ध जिल्ला अदालत चितवनमा मुद्दा चलिरहेको छ ।
- उनीहरु जनही रु एक–एक लाख धरौटीमा छुटेका हुन् ।
चितवन, १९ मंसिर , स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिकाको मतगणनाका क्रममा मतपत्र च्यातेको अभियोग लागेकालाई मतगणनामा समावेश नगराइने भएको छ ।
मतपत्र च्यातेको अभियोगमा माओवादी केन्द्र निकट मधु न्यौपाने र द्रोणबाबु शिवाकोटीविरुद्ध जिल्ला अदालत चितवनमा मुद्दा चलिरहेको छ । उनीहरु जनही रु एक–एक लाख धरौटीमा छुटेका हुन् ।
नेपाल पत्रकार महासंघ चितवन शाखा कार्यालयमा आज आयोजित मुख्य निर्वाचन अधिकृत र पत्रकारबीचको छलफलमा मुख्य निर्वाचन अधिकृत कुलप्रसाद शर्माले पार्टी विशेषले मतपत्र च्यात्नेलाई प्रतिनिधि पठाउन पनि सक्छ, तर उनीहरुलाई फिर्ता पठाएर अर्काे प्रतिनिधि पठाउन आग्रह गरिने जानकारी दिँदै उहाँले भन्नुभयो, “म न्यायाधीश जसको मुद्दा हेरिरहेको छु, उनीहरुलाई अगाडि राखेर मतगणना प्रक्रिया अगाडि बढाउन चाहन्न ।”
उनीहरुलाई मतगणनामा बस्न कानूनले निषेध नगरे पनि नैतिक रुपमा मतगणनामा राख्न नहुने मुख्य निर्वाचन अधिकृत शर्माले बताउनुभयो ।
Kumud Sharma
Samabesh garaye bho ni ta…kam lagchha…anubhavi chha…Prachanda ko kam lagchha…
Dipendra Keshari Basnet
फेरि prachanda लाई यस्ता मानिसको खाचो परदैन किनकि अहिल prachanda को जित निस्चित छ …..
हिजो रुखको हागा काटेको ल धार मेटिएर समस्या परेको थियो
अहिल घमले तताइ रहेको छ ….