एसिड प्रहार गर्ने कडा कारवाहीका लागी अध्यादेशमार्फत तत्काल नयाँ कानून ल्याइनेः प्रम ओली

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र २५, २०७७
|
|
३६ पटक हेरिएको
Shares
एसिड प्रहार गर्ने कडा कारवाहीका लागी अध्यादेशमार्फत तत्काल नयाँ कानून ल्याइनेः प्रम ओली

सारांश

  • प्रधानमन्त्री केपी शर्मा ओलीले एसिड प्रहार गर्नेमाथि अमानवीय र जघन्य अपराधका कसुरमा कारवाही गर्न अध्यादेशमार्फत तत्काल नयाँ कानून बनाइने बताएका छन् ।
  • प्रधानमन्त्री निवास बालुवाटारमा आज कानून, न्याय तथा संसदीय मामिलामन्त्री र पीडित सहित सहभागी विशेष कार्यक्रममा प्रधानमन्त्री ओलीले त्यस्ता अपराधीको सम्पत्ति रोक्का गरी पीडितको उपचार गर्ने र क्षतिपूर्ति भराउने, भरणपोषण गर्ने तथा तिनलाई छिटो अस्पताल पु¥याएर उपचार गर्न सबैले सघाउनुपर्ने व्यवस्था गरिने पनि जानकारी दिए ।
  • देशभरि एसिड आक्रमणका घटनामा परेकामध्ये १२ पीडित सहभागी कार्यक्रममा प्रधानमन्त्री ओलीले वीर र शिक्षण अस्पतालमा उपचारको प्रबन्ध मिलाइने तथा सरकारबाट पीडितको सम्पूर्ण खर्च बेहोरिने र नियमित प्रयोग गर्नुपर्ने औषधिको खर्चसमेत गरिने घोषणा गरे ।

प्रधानमन्त्री केपी शर्मा ओलीले एसिड प्रहार गर्नेमाथि अमानवीय र जघन्य अपराधका कसुरमा कारवाही गर्न अध्यादेशमार्फत तत्काल नयाँ कानून बनाइने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज कानून, न्याय तथा संसदीय मामिलामन्त्री र पीडित सहित सहभागी विशेष कार्यक्रममा प्रधानमन्त्री ओलीले त्यस्ता अपराधीको सम्पत्ति रोक्का गरी पीडितको उपचार गर्ने र क्षतिपूर्ति भराउने, भरणपोषण गर्ने तथा तिनलाई छिटो अस्पताल पु¥याएर उपचार गर्न सबैले सघाउनुपर्ने व्यवस्था गरिने पनि जानकारी दिए ।

देशभरि एसिड आक्रमणका घटनामा परेकामध्ये १२ पीडित सहभागी कार्यक्रममा प्रधानमन्त्री ओलीले वीर र शिक्षण अस्पतालमा उपचारको प्रबन्ध मिलाइने तथा सरकारबाट पीडितको सम्पूर्ण खर्च बेहोरिने र नियमित प्रयोग गर्नुपर्ने औषधिको खर्चसमेत गरिने घोषणा गरे ।

पढ्न चाहनेका लागि निःशुल्क पठनपाठनको प्रबन्ध सरकारले गर्ने बताउँदै उनले उचित तालीम, रोजगारी, व्यवसाय र जीविकाका लागि सरकारले प्रबन्ध मिलाउने घोषणासमेत गरेका छन् । प्रधानमन्त्री ओलीले पीडितलाई सहुलियतपूर्ण ऋण दिएर व्यवसाय गर्न प्रोत्साहन गरिने जनाउँदै हरेक वर्ष सेप्टेम्बर १० लाई एसिड आक्रमणविरूद्धको जागरण दिवसका रूपमा मनाउने गरी अघि बढ्न पनि आह्वान गरे ।

“सभ्य समाज निर्माण गर्न एसिड आक्रमणका कुनै घटना नै हुन नदिन तथा आगामी दिनमा यस्तो पीडा कसैले भोग्न नपर्ने स्थिति सिर्जना गर्न सरकार लागिपर्नेछ ”, प्रधानमन्त्री ओलीले भने । रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यमनमा क्षेप्यास्त्र आक्रमण, नागरिक हताहत !
यमनमा क्षेप्यास्त्र आक्रमण, नागरिक हताहत !
प्रदेश प्रमुखहरुको सपथ ग्रहण आज
प्रदेश प्रमुखहरुको सपथ ग्रहण आज
निलम्बित डिएसपी कुमोद ढुंगाना बेपत्ता, अख्तियार र पुलिस हेडक्वाटरमा खैलाबैला
निलम्बित डिएसपी कुमोद ढुंगाना बेपत्ता, अख्तियार र पुलिस हेडक्वाटरमा खैलाबैला
जिल्लाभित्रका गाउँपालिका र नगरपालिकाबीच समन्वय गर्न जिल्ला सभा रहने:सीडीओ रहन्छ कि रहन्न ?
जिल्लाभित्रका गाउँपालिका र नगरपालिकाबीच समन्वय गर्न जिल्ला सभा रहने:सीडीओ रहन्छ कि रहन्न ?
आज शनिबार, यस्तो छ तपाईंको राशिफल
आज शनिबार, यस्तो छ तपाईंको राशिफल
यसकारण पछि हटे वामदेव गौतम !
यसकारण पछि हटे वामदेव गौतम !
डाक्टर गोविन्द केसीले सुरु गरे १६ औं अनशन, यस्ता छन् मागहरु
डाक्टर गोविन्द केसीले सुरु गरे १६ औं अनशन, यस्ता छन् मागहरु
चेलालाइ हराउदै ९२ वर्षीय महाथिर मोहम्मद विश्वकै सबैभन्दा जेठा विजेता नेता !
चेलालाइ हराउदै ९२ वर्षीय महाथिर मोहम्मद विश्वकै सबैभन्दा जेठा विजेता नेता !
हेडसरले विद्यार्थीलाई बेहोस हुँदासम्म कुटे, कुटेरै दाँत समेत झारिदिए
हेडसरले विद्यार्थीलाई बेहोस हुँदासम्म कुटे, कुटेरै दाँत समेत झारिदिए
सप्तरीको भारदहमा ट्र्याक्टर दुर्घटना १ को मृत्यु अन्य १९ जना घाइते
सप्तरीको भारदहमा ट्र्याक्टर दुर्घटना १ को मृत्यु अन्य १९ जना घाइते