आठ दिन भित्रै सबै मतपरिणाम आइसक्ने आयोगको भनाई

Shikharkhabar Shikharkhabar
|
बुधबार, मंसिर २०, २०७४
|
|
२२ पटक हेरिएको
Shares
आठ दिन भित्रै सबै मतपरिणाम आइसक्ने आयोगको भनाई

सारांश

  • निर्वाचन आयोगले दुवै चरणका परिणाम आठ दिन भित्रै सार्वजनिक गर्ने भएको छ ।
  • परिणाम प्रति सबैको चासो रहने भन्दै प्रत्यक्षतर्फ चार दिन भित्र र समानुपातिक तर्फ आठ दिन भित्रै गणना सक्ने गरी आयोगले व्यवस्थापन गरेको छ ।
  • मतगणना व्यवस्थापन बारे जानकारी दिन आयोगले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा आयुक्त ईश्वरप्रसाद पौड्यालले भने, ‘मतदाता संख्या थोरै भएका क्षेत्रमा गणना सुरु भएको २४ घन्टा भित्रै प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको परिणाम आइ सक्छ ।

निर्वाचन आयोगले दुवै चरणका परिणाम आठ दिन भित्रै सार्वजनिक गर्ने भएको छ । परिणाम प्रति सबैको चासो रहने भन्दै प्रत्यक्षतर्फ चार दिन भित्र र समानुपातिक तर्फ आठ दिन भित्रै गणना सक्ने गरी आयोगले व्यवस्थापन गरेको छ ।

मतगणना व्यवस्थापन बारे जानकारी दिन आयोगले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा आयुक्त ईश्वरप्रसाद पौड्यालले भने, ‘मतदाता संख्या थोरै भएका क्षेत्रमा गणना सुरु भएको २४ घन्टा भित्रै प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको परिणाम आइ सक्छ ।

मतदाताको अनुपातमा थप गणना टोली परिचालन गरी चार दिन भित्रै प्रत्यक्ष र आठ दिन भित्रै समानुपातिक तर्फको गणना सम्पन्न गर्न मुख्य निर्वाचन अधिकृतलाई निर्देशन दिएका छौं ।’

स्थानीय तहको भन्दा छरितो मतपत्र भएकाले पनि आयोगले छोटै समयमा गणना सम्पन्न गर्ने विश्वास लिएको छ । दोस्रो चरणमा प्रतिनिधिसभा तर्फ १२८ र प्रदेशसभातर्फ २५६ सिटका लागि बिहीबार मतदान हुँदैछ ।

यसअघि मंसिर १० मा पहिलो चरणमा प्रतिनिधिसभाका ३७ र प्रदेशसभातर्फ ७४ सिटको चुनाव भएको थियो । दोस्रो चरणको मतदान सकिए लगतै मतपेटिका संकलन गरी सोही दिन साँझ देखि गणना सुरु गरिने आयोगको तयारी छ ।

आयोगले यसपटक एउटा क्षेत्रको सबै मतपेटिका एकै ठाउँमा जम्मा गरेर मात्रै मतगणना गर्ने व्यवस्था मिलाएको छ । उम्मेदवारले कुन केन्द्रबाट कति मत प्राप्त भयो भन्ने थाहा नहोस् भनेर यस्तो व्यवस्था गरिएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?