निर्वाचन विरोधी गतिविधि गर्ने भारतीय नगरिक पक्राउ !

Shikharkhabar Shikharkhabar
|
बुधबार, मंसिर २०, २०७४
|
|
३२ पटक हेरिएको
Shares
निर्वाचन विरोधी गतिविधि गर्ने भारतीय  नगरिक पक्राउ !

सारांश

  • राजविराज,२० मंसिर।
  • दोस्रो चरणमा बिहीबार हुन लागेको प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनलाई प्रभाव पार्ने गरी निर्वाचन विरोधी गतिविधि गर्ने तीन भारतीयसहित ११ जनालाई सप्तरी प्रहरीले पक्राउ गरेको छ ।
  • निर्वाचनका लागि सप्तरीमा सुरक्षा व्यवस्था कडा पार्नेक्रममा प्रहरीले विभिन्न स्थानबाट तिनलाई पक्राउ गरेको सप्तरीका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिनुभयो ।

राजविराज,२० मंसिर। दोस्रो चरणमा बिहीबार हुन लागेको प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनलाई प्रभाव पार्ने गरी निर्वाचन विरोधी गतिविधि गर्ने तीन भारतीयसहित ११ जनालाई सप्तरी प्रहरीले पक्राउ गरेको छ ।
निर्वाचनका लागि सप्तरीमा सुरक्षा व्यवस्था कडा पार्नेक्रममा प्रहरीले विभिन्न स्थानबाट तिनलाई पक्राउ गरेको सप्तरीका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिनुभयो । पक्राउ परेकामध्ये छ जना नेकपाका कार्यकर्ता रहेको बताइएको छ । अभियुक्तका साथबाट एक एक थान हतियार बम बरामद गरिएको छ ।
नेपाल–भारत सीमा नाका बन्द
निर्वाचनका लागि सप्तरीमा सुरक्षा व्यवस्था कडा पारिनाका साथै नेपाल–भारत सीमा नाका आजदेखि ३६ घण्टाका लागि बन्द गरिएको छ ।

निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित रुपमा सम्पन्न गर्न सप्तरी प्रशासनले भारतसँग सीमा जोडिएका कुनौली, बेल्ही भन्सार, कुशहा नाकालगायत नाका बन्द गरी सुरक्षा जाँच कडा पारिएको प्रजिअ भागीरथ पाण्डेयले जानकारी दिनुभयो ।
नाका बन्द भएपछि पैदल यात्रीबाहेकलाई आवतजावतमा रोक लगाउनाका साथै सीमा क्षेत्रको सुरक्षा व्यवस्थालाई कडा पारिएको छ । दुवै देशका सीमा सुरक्षा पदाधिकारीको बैठकपछि आजदेखि निर्वाचन हुने दिन बिहीबारसम्मका लागि ३६ घण्टा सवारी साधन र पैदल यात्रुलाई आवतजावतमा रोक लगाइएको छ ।

मतदातालाई ढुक्क भएर मतदान गर्न प्रजिअ पाण्डेले सबैलाई आग्रह गर्नुभयो । जिल्ला सुरक्षा समितिले निर्वाचन प्रयोजनका लागि सुरक्षा रणनीतिक तथा कार्यनीतिक योजनाअन्तर्गत जिल्लाका चार प्रतिनिधि र आठ वटै प्रदेशसभा सदस्य निर्वाचन क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तैनाथ गरिएको छ ।

सुरक्षा व्यवस्थापनअन्तर्गत जिल्लाको सीमा क्षेत्रमा दुवै देशका संयुक्त सुरक्षा फौजले संयुक्त रुपमा जाँच गरिरहेको उहाँले बताउनुभयोे । अतिआवश्यक समस्यामा परेकालाई भने सीमा क्षेत्रमा रहेका सुरक्षाकर्मीको विशेष जाँचपछि मात्र जान दिन सकिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जिल्लामा चार प्रतिनिधिसभा र आठ प्रदेशसभा सदस्य निर्वाचनका लागि स्वतन्त्र उम्मेदवारसहित १५२ उम्मेदवार चुनावी मैदानमा छन् ।

(https://www.newslive.com/)

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Anj Rai

    dhoti haru ko kartut.

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रस्तावित न्यायाधीशबारे केही उजुरी, गुनासा छन् भने आह्वान भयो
प्रस्तावित न्यायाधीशबारे केही उजुरी, गुनासा छन् भने आह्वान भयो
देउवाले बोलाए मन्त्रीपरिषद् बैठक, साढे ३ बजे बस्ने
देउवाले बोलाए मन्त्रीपरिषद् बैठक, साढे ३ बजे बस्ने
अमेरिकी राष्ट्रपति ट्रम्प स्वीट्जरल्याण्डको डाभोसमा
अमेरिकी राष्ट्रपति ट्रम्प स्वीट्जरल्याण्डको डाभोसमा
खस्किएको अर्थतन्त्रलाई लयमा ल्याउने प्रयत्नमा अर्थमन्त्री
खस्किएको अर्थतन्त्रलाई लयमा ल्याउने प्रयत्नमा अर्थमन्त्री
अपहृत भई हराईरहेकी कारीदेवी यादवको शव गाडिएको अवस्थामा फेला
अपहृत भई हराईरहेकी कारीदेवी यादवको शव गाडिएको अवस्थामा फेला
किन मेस्सी एक्लै डाँको छोडेर रोए ? सान्त्वना दिने कोही थिएनन्
किन मेस्सी एक्लै डाँको छोडेर रोए ? सान्त्वना दिने कोही थिएनन्
रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने कांग्रेसको निर्णय
रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने कांग्रेसको निर्णय
रात्रिबस दुर्घटनामा ६ घाइते
रात्रिबस दुर्घटनामा ६ घाइते
पौडी–पदाधिकारीका षडयन्त्रको शिकार बन्दै कीर्तिमानी खेलाडी गौरीका
पौडी–पदाधिकारीका षडयन्त्रको शिकार बन्दै कीर्तिमानी खेलाडी गौरीका
सरकारले राष्ट्रियसभाबाट गुठी बिधेयक फिर्ता लियो
सरकारले राष्ट्रियसभाबाट गुठी बिधेयक फिर्ता लियो

तपाईंले छुटाउनुभयो कि?