रात्रिबस दुर्घटनामा ६ घाइते

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख १०, २०७६
|
|
५३ पटक हेरिएको
Shares
रात्रिबस दुर्घटनामा ६ घाइते

सारांश

  • दमौली, १० वैशाख ।
  • सुनौलीबाट पोखरा आउँदै गरेको यात्रुवाहक बस गए राति २ बजे पृथ्वीराजमार्गअन्तर्गत तनहुँमा दुर्घटना हुँदा छ घाइते भएका छन् ।
  • ना५ख ५३३० नंको बस शुक्लागण्डकी नगरपालिका–७ शेराटारस्थित राजमार्गमा अनियन्त्रित भई सडकबाट खस्दा छ यात्रु घाइते भएका हुन् ।

दमौली, १० वैशाख । सुनौलीबाट पोखरा आउँदै गरेको यात्रुवाहक बस गए राति २ बजे पृथ्वीराजमार्गअन्तर्गत तनहुँमा दुर्घटना हुँदा छ घाइते भएका छन् । ना५ख ५३३० नंको बस शुक्लागण्डकी नगरपालिका–७ शेराटारस्थित राजमार्गमा अनियन्त्रित भई सडकबाट खस्दा छ यात्रु घाइते भएका हुन् ।

घाइते हुनेमा भारत उत्तर प्रदेश घर भई हाल बागलुङ काठेखोला गाउँपालिका–४ बस्ने ५४ वर्षीय मुनिराम मोहरिया, निजकी श्रीमती ४८ वर्षीया कञ्चन मोहरिया, म्याग्दी अन्नपूर्ण गाउँपालिका–१ बस्ने ३० वर्षीया धनकुमार परियार, कपिलवस्तु नगरपालिका–९ बस्ने ३९ वर्षीय रेशम शाह, पर्वत कुश्मा नगरपालिका–१ बस्ने ३६ वर्षीय हरिबहादुर छन्त्याल र सोही ठाउँका १० वर्षीय रवि परियार रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।घाइतेहरुको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिनुभयो । उहाँका अनुसार बस सडकबाट पाँच फिट तल खसेको थियो । दुर्घटनालगत्तै बस चालक फरार रहेको र उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । बसमा ४० यात्रु सवार रहेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाल एयरलाइन्सले अहिलेसम्म तिर्‍याे ६ अर्ब ३२ करोड ऋण
आज दशौं अन्तर्राष्ट्रिय योग दिवस
आज दशौं अन्तर्राष्ट्रिय योग दिवस
संयुक्त कार्यदललाई अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डको दिशानिर्देश
संयुक्त कार्यदललाई अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डको दिशानिर्देश
राजनीतिक सहमतिका नाममा नेताहरुले देश बर्बाद बनाए : निरौला
राजनीतिक सहमतिका नाममा नेताहरुले देश बर्बाद बनाए : निरौला
नयाँ नेतृत्व चयनका लागि अनेरास्ववियुको मतदान सुरु
नयाँ नेतृत्व चयनका लागि अनेरास्ववियुको मतदान सुरु
कालीगण्डकीको अस्तित्वलाई बचाउन राम्दी मालुङ्गादेखि पुट्टारघाट सम्म जलयात्रा
कालीगण्डकीको अस्तित्वलाई बचाउन राम्दी मालुङ्गादेखि पुट्टारघाट सम्म जलयात्रा
गाडी चलाउँदै १ महिलालाई पालैपालो बलात्कार गरेकाे अाराेपमा ४ जना प्रहरीकाे नियन्त्रणमा
गाडी चलाउँदै १ महिलालाई पालैपालो बलात्कार गरेकाे अाराेपमा ४ जना प्रहरीकाे नियन्त्रणमा
विद्यार्थी अभाव भएका शैक्षिक कार्यक्रम बन्द गर्दै काठमाडौँ विश्वविद्यालय
विद्यार्थी अभाव भएका शैक्षिक कार्यक्रम बन्द गर्दै काठमाडौँ विश्वविद्यालय
आजको विदेशी मुद्राको विनिमय दर कति ?
आजको विदेशी मुद्राको विनिमय दर कति ?
नेपाललाई सुरक्षित राख्नु आजको आवश्यकता : प्रधानमन्त्री दाहाल
नेपाललाई सुरक्षित राख्नु आजको आवश्यकता : प्रधानमन्त्री दाहाल