‘नेता सबै विदेशी दलाल’ भन्दै पूर्वराजाका समर्थकले नाराबाजी गरेपछि

Shikharkhabar Shikharkhabar
|
शनिबार, फाल्गुन १४, २०७३
|
|
२५१ पटक हेरिएको
Shares
‘नेता सबै विदेशी दलाल’ भन्दै पूर्वराजाका समर्थकले नाराबाजी गरेपछि

सारांश

  • पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रबार वीरगन्ज आउँदा समर्थक र राजावादी संघसंगठनका कार्यकर्ताले राजनीतिक दलविरुद्ध चर्को नाराबाजी गरेका छन् ।
  • महाशिवरात्रिमा अलखिया मठलगायत मन्दिरमा पूजाआराधना गर्न दिउँसो वीरगन्ज आएका पूर्वराजाको स्वागतमा उनका समर्थक र हिन्दु राज्य पक्षधरले राजनीतिक दल र नेताविरुद्ध नाराबाजी गरेका हुन् ।
  •  आजको अन्नपूर्ण पोष्टमा खबर छ ।

पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रबार वीरगन्ज आउँदा समर्थक र राजावादी संघसंगठनका कार्यकर्ताले राजनीतिक दलविरुद्ध चर्को नाराबाजी गरेका छन् । महाशिवरात्रिमा अलखिया मठलगायत मन्दिरमा पूजाआराधना गर्न दिउँसो वीरगन्ज आएका पूर्वराजाको स्वागतमा उनका समर्थक र हिन्दु राज्य पक्षधरले राजनीतिक दल र नेताविरुद्ध नाराबाजी गरेका हुन् । आजको अन्नपूर्ण पोष्टमा खबर छ ।

वीरगन्जस्थित घन्टाघरदेखि अलखिया मठसम्म सडकको दुवैतिर लाम लागेका राजाका समर्थकले ‘नेता चोर देश छोड’, ‘नेता सबै विदेशी दलाल हुन्’, ‘राजा ल्याऊँ देश बचाऊँ’, ‘राजा जनता एक हौं’, ‘राजा कसको जनताको’, ‘हाम्रा राजा हाम्रो देश प्राणभन्दा प्यारो छ’, ‘राजारानी जिन्दावाद’ जस्ता नारा लगाएका थिए ।

पूर्वराजाको स्वागत कांग्रेस, एमाले, मधेसी दलका जिल्लास्तरीय नेता र कार्यकर्ताले पुष्पगुच्छाले गरेका थिए । तीमध्ये केही नेताले पूर्वराजाको खुट्टामा ढोगेका थिए । नाराबाजी गरेका स्वागतकर्ता र समर्थकलाई पूर्वराजाले चोकचोकमा हात हल्लाउँदै अभिवादन पनि गरेका थिए ।बारास्थित सिमराबाट बा ४ च ३८०७ नम्बरको गाडीमा शुक्रबार दिउँसो करिब साढे चार बजे वीरगन्जस्थित अलखिया मठ आएका पूर्वराजाले करिब २० मिनेट पूजाआराधना गरेका थिए । त्यसपछि उनी माईस्थान चोकस्थित गहवामाई मन्दिर पुगेका थिए। गहवामाई मन्दिरमा पनि करिब १५ मिनेट पूजापाठ गरेपछि त्यहाँबाट उनी गाडी हाँकेर सिमरा फर्किएका थिए ।

स्थानीय प्रशासनले पूर्वराजाको भ्रमणका कारण वीरगन्जमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको थियो । सहरभर नेपाल प्रहरी र सशस्त्र प्रहरी तैनाथ थिए । पूर्वराजाको स्वागतमा सहभागी हुन बारा, रौतहट, मकवानपुर र सीमावर्ती भारतको रक्सौलबाट उनका समर्थक वीरगन्ज आएका थिए।पूर्वराजा ज्ञानेन्द्रको स्वागतमा करिब पाँच हजार मानिस सहभागी भएको दाबी नेपाल राष्ट्रवाद संघका अध्यक्ष जनकलाल साहले गरे ।

पूर्वरानी कोमल शाहको जन्मोत्सव मनाउन ५ फागुनमा सिमरा आएका पूर्वराजा ज्ञानेन्द्र फागुन ७ गते चितवन गएका थिए । चितवनमा पूर्वरानी कोमलको जन्मोत्सव मनाएर दुवैजना १० फागुनमा फेरि सिमरा फर्किएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आजको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरु के-के  हुन् ?
आजको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरु के-के हुन् ?
नेविसङ्घले प्रधानमन्त्रीलाई भेटर भन्यो–भ्रष्टाचारविरुद्ध कदममा साथ छ
नेविसङ्घले प्रधानमन्त्रीलाई भेटर भन्यो–भ्रष्टाचारविरुद्ध कदममा साथ छ
बजेट समीक्षा :आकार दुई खर्ब ४४ अर्बले घटाइयो
बजेट समीक्षा :आकार दुई खर्ब ४४ अर्बले घटाइयो
निर्देशकलाई थप्पड सहित हिरोइनको नाक काट्ने  : यस्ता छन् फिल्म पद्मावती सम्बन्धी विवाद
निर्देशकलाई थप्पड सहित हिरोइनको नाक काट्ने : यस्ता छन् फिल्म पद्मावती सम्बन्धी विवाद
क्रोएसिया सेमिफाइनलमा, ब्राजिल बाहिरियो
क्रोएसिया सेमिफाइनलमा, ब्राजिल बाहिरियो
जुवातास खेल्दै गरेको अवस्थामा काठमाडौं र अछामबाट १३ जना पक्राउ
जुवातास खेल्दै गरेको अवस्थामा काठमाडौं र अछामबाट १३ जना पक्राउ
नैतिक संकटमा प्रधानन्यायाधीश पराजुली, राजीनामा दिनुपर्ने दवाव
नैतिक संकटमा प्रधानन्यायाधीश पराजुली, राजीनामा दिनुपर्ने दवाव
आजकाे माैसम : पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना
आजकाे माैसम : पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना
प्रहरी महानिरीक्षक सर्वेन्द्रले चितवनमा भने किराहरु अब अट्दैनन् !
प्रहरी महानिरीक्षक सर्वेन्द्रले चितवनमा भने किराहरु अब अट्दैनन् !
दासता छिचोलेर उपसभामुख – पूर्व कमलरी आइन् संसदमा
दासता छिचोलेर उपसभामुख – पूर्व कमलरी आइन् संसदमा

तपाईंले छुटाउनुभयो कि?