दोभाने र खाटाम्मामा मत गन्दा राजेन्द्रलाई अग्रता

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर २१, २०७४
|
|
३३ पटक हेरिएको
Shares
दोभाने र खाटाम्मामा मत गन्दा राजेन्द्रलाई अग्रता

सारांश

  • भोजपुर प्रदेश सभा (क) मा वाम गठबन्धनका एमाले उम्मेदवार राजेन्द्र कुमार राईले शुरुवाती अग्रता लिएका छन् ।
  • राईले ३७२ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी लोकतान्त्रिक गठबन्धनका फोरम उम्मेदवार अजम्बर राई काङमाङले ३४९ मत प्राप्त गरेका छन् ।
  • अहिले मतगणन भएको क्षेत्र दोभाने र खाटाम्मा हो ।

भोजपुर प्रदेश सभा (क) मा वाम गठबन्धनका एमाले उम्मेदवार राजेन्द्र कुमार राईले शुरुवाती अग्रता लिएका छन् ।

राईले ३७२ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी लोकतान्त्रिक गठबन्धनका फोरम उम्मेदवार अजम्बर राई काङमाङले ३४९ मत प्राप्त गरेका छन् ।

अहिले मतगणन भएको क्षेत्र दोभाने र खाटाम्मा हो । यो क्षेत्र अजम्बरको प्रभाव भएको क्षेत्र मानिए पनि राजेन्द्रले अग्रता लिएका हुन् । प्रतिनिधि सभाको एउटा कोठामा दुई ठाउँ र प्रदेश सभाको दुई ठाउँ गणना भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

भोजपुरमा कुल मतदाता १ लाख १३ हजार ८ सय ९१ जना छन् । प्रतिनिधि सभाका लागि भोजपुरमा ६५ हजार ९ सय ५८ मत खसेको छ ।त्यस्तै प्रदेश सभा क्षेत्र नं १ मा ३४ हजार ९ सय ५८ मत खसेको छ । त्यस्तै प्रदेश सभा क्षेत्र न. २ मा ३१ हजार मत खसेको छ ।

(Xanax)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?