बूढानीलकण्ठ वेद विद्याश्रमको सहयोगका लागि महायज्ञ

Shikharkhabar Shikharkhabar
|
बुधबार, कार्तिक २०, २०७६
|
|
३२ पटक हेरिएको
Shares
बूढानीलकण्ठ वेद विद्याश्रमको सहयोगका लागि महायज्ञ

सारांश

  • काठमाडौं।
  • हरिबोधिनी एकादशीको अवसर पारेर बूढानीलकण्ठस्थित वेद विद्याश्रमको लागि आर्थिक सहयोग जुटाउने उद्देश्यले श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ शुरु भएको छ।
  • महायज्ञको उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले नागरिकलाई सभ्यताको पाठ सिकाउन गुरुकुलीय शिक्षा पद्धतिको भूमिका महत्वपूर्ण रहेको बताए।

काठमाडौं। हरिबोधिनी एकादशीको अवसर पारेर बूढानीलकण्ठस्थित वेद विद्याश्रमको लागि आर्थिक सहयोग जुटाउने उद्देश्यले श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ शुरु भएको छ।महायज्ञको उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले नागरिकलाई सभ्यताको पाठ सिकाउन गुरुकुलीय शिक्षा पद्धतिको भूमिका महत्वपूर्ण रहेको बताए। समाजमा सुसंस्कार फैल्याउनसमेत प्राचीनकालदेखि गुरुकुलले योगदान गर्दै आएको उनको भनाइ छ।

पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक जयबहादुर चन्द मूल कर्ता रहेको महायज्ञ कात्तिक २६ गतेसम्म सञ्चालन हुनेछ। कार्यक्रममा बूढानीलकण्ठ नारायणस्थान मठका स्वामी निगमानन्द, महायज्ञ मूल आयोजक समितिका अध्यक्ष कल्पना मल्ल ठकुरी, उपाध्यक्ष ध्रुव केसी, गुरुकुलका प्राचार्य प्रकाश रुपाखेती लगायतले गुरुकुल सञ्चालनका लागि महायज्ञ गरिएकाले मन, वचन र कर्मले सहयोग गर्न आह्वान गरे।

महायज्ञमा पण्डित कपिलदेव सुवेदीले श्रीमद्भागवत पाठ पारायण एवं कथा वाचन गर्नुहुनेछ । कार्तिक शुक्ल एकादशीदेखि पूर्णिमासम्म बूढानीलकण्ठमा भक्तजनको विशेष भीड लाग्छ। यस अवसरमा नारायणस्थानमा मेला समेत आयोजना गरिएको मठले जनाएको छ। मेला कार्तिक शुक्ल एकादशीदेखि पूर्णिमासम्म अर्थात् कात्तिक २२ गतेदेखि २६ गतेसम्म चल्ने जनाइएको छ।

भारतीय राजदूतावासको रु दुई करोड ४६ लाख सहयोगमा निर्माण भएको मठाधीश भवन आजै हस्तान्तरण हुने भएको छ। नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीले हस्तान्तरण गर्ने जनाइएको छ। तीन तले उक्त भवनमा ठूूला १० कोठा छन्।भवन गुरुकुलका लागि समेत उपयोगमा ल्याइने जनाइएको छ। बूढानीलकण्ठ विश्वमै ठूलो ढुङ्गामा कुँदिएको प्राचीन मूर्ति हो। जलभित्र शयन गरेका हरि र हर अर्थात् विष्णु र शिव दुवैको मूर्ति रहेकाले यसलाई अद्वितीय मानिन्छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?