डडेल्धुरामा राति ९ बजेदेखि मतगणना सुरु हुने
सारांश
- डडेल्धुरा, मंसिर २२ – डडेल्धुरामा शुक्रबार राति ९ बजेदेखि मतगणना सुरु हुने भएको छ ।
- मुख्य निर्वाचन अधिकृतको कार्यायलमा बसेको सर्वदलीय बैठकले मतगणना सुरु गर्ने निर्णय गरेको हो ।
- सर्वदलीय बैठकले राति ९ बजेदेखि मतगणना सुरु गर्ने सहमति गरेको मुख्य निर्वाचन अधिकृत डा.
डडेल्धुरा, मंसिर २२ – डडेल्धुरामा शुक्रबार राति ९ बजेदेखि मतगणना सुरु हुने भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यायलमा बसेको सर्वदलीय बैठकले मतगणना सुरु गर्ने निर्णय गरेको हो ।
सर्वदलीय बैठकले राति ९ बजेदेखि मतगणना सुरु गर्ने सहमति गरेको मुख्य निर्वाचन अधिकृत डा. रमेशप्रसाद रिजालले जानकारी दिनुभयो । जिल्लाको परशुराम नगरपालिका र आलिताल गाउँपालिकाका केही मतदान स्थलका मतपेटिकाहरु जिल्ला सदरमुकाम पुग्न ढिलो भएका कारण अहिलेसम्म मतगणना हुन नसकेको जनाइएको छ ।
मतपेटिका शुक्रबार बेलुका ५ बजेपछि मात्रै जिल्ला सदरमुकाम पुगेको थियो । भौगोलिक विकटता, कच्चीसडक र सुरक्षाका कारण बिहीबार राति नै मतपेटिका ल्याउन नसकिएको जनाइएको छ ।
डडेल्धुरामा प्रतिनिधिसभातर्फ एक र प्रदेशसभातर्फ दुईओटा निर्वाचन क्षेत्र रहेको छ । मतगणनाका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा तारजाली, बत्ती सुरक्षाकर्मी लगायतको सबै तयारी पूरा भएको छ ।
प्रतिक्रिया