मन्त्री बास्कोटाको तर्क, ‘जय नेपाल पनि राजा महेन्द्रले भन्थे’
सारांश
- काठमाडौं ।
- संघीय संसदमा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा मेरो सरकार भनेपछि त्यस शब्दका बारेमा निकै बहस भए ।
- बहस अझै बाँकी छ ।
काठमाडौं । संघीय संसदमा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा मेरो सरकार भनेपछि त्यस शब्दका बारेमा निकै बहस भए । बहस अझै बाँकी छ । सञ्चार सूचना तथा प्रविधिमन्त्री गोकुल बाँस्कोटाले शब्द कसैको पेवा नहुने बताएका छन् ।
उनले जय नेपाल शब्द पनि राजा महेन्द्रले आफ्नो भाषणमा भन्ने गर्थे । त्यसो हो भने अहिले प्रहरीले प्रयोग गर्छन् भन्ने तर्क गरेका थिए । ‘मेरो भन्ने शब्दलाई शब्दकोषबाट हटाउनु पर्यो, त्यसो हुँदा जय नेपाल भन्ने शब्द पनि हटाउनु पर्छ होला, जय नेपाल भन्ने चलन राजा महेन्द्रले आफ्नो भाषणको अन्तिममा प्रयोग गर्थे, त्यस्तै प्रहरीले पनि प्रयोग गर्छ, प्रतिपक्षका साथीहरूले पनि प्रयोग गर्छन्’ प्रवक्ता बाँस्कोटाले भने ।
प्रतिपक्षले संसदमा एउटा शब्दको सामान्य विषयलाई ठूलो बनाउन खोजेको उनको आरोप छ । बिहीबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै ‘मेरो सरकार’ शब्दको विषयमा शब्द कसैको पेवा नहुने बताए ।
प्रतिक्रिया