युवाले राजनीतिक आन्दोलन होइन, समाज सुधार गर : प्रधानमन्त्री

Shikharkhabar Shikharkhabar
|
बिहिबार, बैशाख ५, २०७६
|
|
५० पटक हेरिएको
Shares
युवाले राजनीतिक आन्दोलन होइन, समाज सुधार गर : प्रधानमन्त्री

सारांश

  • काठमाडौं ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले विद्वानहरुको देश बनाउनुपर्ने बताएका छन् ।
  • विद्यालय भर्ना अभियानमा नेकपा निकट युवा र विद्यार्र्थीहरुसँगको अन्तरक्रियामा बुधबार प्रधानमन्त्री ओलीले नेपाललाई निरक्षरहरुको होइन, विद्वानहरुको देशको रुपमा पहिचान बनाउनु पर्ने बताए ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विद्वानहरुको देश बनाउनुपर्ने बताएका छन् ।
विद्यालय भर्ना अभियानमा नेकपा निकट युवा र विद्यार्र्थीहरुसँगको अन्तरक्रियामा बुधबार प्रधानमन्त्री ओलीले नेपाललाई निरक्षरहरुको होइन, विद्वानहरुको देशको रुपमा पहिचान बनाउनु पर्ने बताए ।

प्रधानमन्त्री ओलीले युवा, विद्यार्थीले सृजनशील समाज सुधारको काममा लाग्नका लागि कुनै अवरोध नरहेको स्पष्ट पारे । प्रधानमन्त्री ओलीले अहिले आन्दोलनको स्वरुप फेरिएको स्पष्ट पार्नुभएको छ । “अब राजनीतिक संघर्ष र आन्दोलन गर्नुपर्ने दिन सकिएका छन् ” प्रम ओलीले भने, “अब युवाहरुले समाज सुधारका लागि शिक्षा, स्वास्थ्य, श्रम, सीप र उत्पादन जस्ता कुरामा ध्यान दिनुपर्दछ ।”

“हाम्रा विद्वान पुर्खाको जेनेटिक मेमोरीको उपायोग हामीले गर्नुपर्दछ । विद्वान पुर्खाका सन्तान हामी केही समय निरक्षर रह्यौं तर अब यो अवस्था रहिरहन सक्दैन ।”

प्रधानमन्त्री ओलीले बालबालिका विद्यालय भर्नाका लागि अभिभावक सचेतना सञ्चालन गर्नुपर्ने बताएका छन् । “शिक्षाको महत्व अभिभावकलाई बुझाउनुपर्दछ” प्रम ओलीले भने, “त्यसपछि मात्र उनीहरुलाई छोराछोरी पढ्न पठाउँछन् ।”

गतवर्षदेखि बिशेष रुपले सुरु गरिएको विद्यार्थी भर्ना अभियानलाई घरघरमै गएर सञ्चालन गर्न प्रधानमन्त्री ओलीले विद्यार्थी र युवाहरुलाई आग्रह गरेका छन् ।

अन्तरक्रिया कार्यक्रमलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोख्रेलले सहजिकरण गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मुख्यमन्त्रीदेखि सभामुखसम्मको तलब तोकियो, कसको कति ?
मुख्यमन्त्रीदेखि सभामुखसम्मको तलब तोकियो, कसको कति ?
प्याङ्खोलामा अस्तायो सञ्जिताको जीवन
प्याङ्खोलामा अस्तायो सञ्जिताको जीवन
१३ हजार घुससहित वडा सचिव पक्राउ, गोजीमा पैसा हालेर फसाउन खोजेको भन्दै विरोध
‘हाम्रो चाहिँ वामपन्थी लोकतान्त्रिक गठबन्धन हो ,कांग्रेसको दक्षिणपन्थी लोकतान्त्रिक गठबन्धन सही हो’ –  पुष्पकमल दाहाल ‘प्रचण्ड’ ।
‘हाम्रो चाहिँ वामपन्थी लोकतान्त्रिक गठबन्धन हो ,कांग्रेसको दक्षिणपन्थी लोकतान्त्रिक गठबन्धन सही हो’ – पुष्पकमल दाहाल ‘प्रचण्ड’ ।
भजनीका चार हजार बाढी पीडित घर फर्के पनि तीन हजार बढी अझैँ विस्थापित
भजनीका चार हजार बाढी पीडित घर फर्के पनि तीन हजार बढी अझैँ विस्थापित
ट्राफिक प्रहरीको हाउमच अभियान, ६७ ट्याक्सी चालक एकैदिन कारवाहीमा
ट्राफिक प्रहरीको हाउमच अभियान, ६७ ट्याक्सी चालक एकैदिन कारवाहीमा
उत्तर कोरियाद्वारा पुनः क्षेप्यास्त्र परीक्षण, आठ लाख उत्तर कोरियाली सेनामा भर्ती हुँदै
उत्तर कोरियाद्वारा पुनः क्षेप्यास्त्र परीक्षण, आठ लाख उत्तर कोरियाली सेनामा भर्ती हुँदै
प्रदेश २ को ऐतिहासिक पहिलो प्रदेशसभा बैठक बस्दै
प्रदेश २ को ऐतिहासिक पहिलो प्रदेशसभा बैठक बस्दै
निर्वाचन क्षेत्र निर्धारण आयोग भोलि गठन हुने
निर्वाचन क्षेत्र निर्धारण आयोग भोलि गठन हुने
ओखलढुंगामा जीप दुर्घटना ६ जनाको मृत्यु
ओखलढुंगामा जीप दुर्घटना ६ जनाको मृत्यु