मधेसलाई अलग गरेर चुनावमा जाँदा राम्रो हुँदैन:कमल थापा

Shikharkhabar Shikharkhabar
|
बिहिबार, फाल्गुन १९, २०७३
|
|
२७१ पटक हेरिएको
Shares
मधेसलाई अलग गरेर चुनावमा जाँदा राम्रो हुँदैन:कमल थापा

सारांश

  • राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मधेसलाई अलग गरेर चुनावमा जाँदा संविधान कार्यान्वयनमा अप्ठ्यारो पर्ने बताएका छन् ।
  • मधेसी मोर्चालाई सहमतिमा नल्याई प्राविधिक रुपमा चनाुव गर्न सकिने भए पनि यसले संविधान कार्यान्वयनमा समस्या पर्ने थापाको विश्लेषण छ ।
  • राप्रपा केन्द्रीय कार्यसमितिको बैठकबाट बाहिरिने क्रममा विहीबार अध्यक्ष थापाले पत्रकारहरुसँग भने- ‘मधेस केन्दि्रत दलका मागहरु सम्वोधन नगरिकन चुनावमा जानुहुँदैन, सबैलाई विश्वासमा लिएर मात्रै चुनाव गर्नु उपयुक्त हुन्छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मधेसलाई अलग गरेर चुनावमा जाँदा संविधान कार्यान्वयनमा अप्ठ्यारो पर्ने बताएका छन् । मधेसी मोर्चालाई सहमतिमा नल्याई प्राविधिक रुपमा चनाुव गर्न सकिने भए पनि यसले संविधान कार्यान्वयनमा समस्या पर्ने थापाको विश्लेषण छ ।


राप्रपा केन्द्रीय कार्यसमितिको बैठकबाट बाहिरिने क्रममा विहीबार अध्यक्ष थापाले पत्रकारहरुसँग भने- ‘मधेस केन्दि्रत दलका मागहरु सम्वोधन नगरिकन चुनावमा जानुहुँदैन, सबैलाई विश्वासमा लिएर मात्रै चुनाव गर्नु उपयुक्त हुन्छ ।’

अध्यक्ष थापाले भने- ‘मधेस केन्दि्रत दललाई विश्वासमा नलिई प्राविधिक रुपमा त चुनाव गर्न सकिएला, तर मधेसलाई अलग गरेर जाँदा राम्रो हुँदैन, यसले संविधान कार्यान्वयनमा जटिलता ल्याउन सक्छ ।’

राप्रपा अध्यक्ष थापाले सहमतिका लागि सत्तापक्ष र प्रतिपक्ष दुबैलाई लचकदार हुन आग्रह गरे । साथै उनले मधेसी मोर्चालाई पनि आफूले भनेकै हुनुपर्छ भन्ने अडान छाडेर सहमतिमा आउन आग्रह गरे । उनले भने- ‘मधेसी दल पनि सहमतिमा आउनुपर्छ ।’

राप्रपा अध्यक्ष थापाले अहिलेको समस्या समाधानको सूत्र अघि सार्दै संविधान संशोधन प्रस्ताव हाललाई मतदानमा लानुभन्दा स्थगन गरेर अघि बढ्नु उपयुक्त हुने बताए ।

थापाले संविधान संशोधन प्रस्तावका कतिपय विषयहरु राष्ट्रिय हित अनुकुल नभएको बताए । तर, अहिले यसलाई स्थगितमात्रै गरेर अघि बढ्नु उपयुक्त हुने उनले सुझाव दिए ।

संविधान संशोधन प्रस्तावमा अन्तिरनिहीत विषयहरुमध्ये सीमांकनका विषयमा राजनीतिक सहमति एवं प्रतिवद्धता आवश्यक रहेको थापाले बताए । त्यसैगरी अन्य तीनवटा विषय (भाषा, नागरिकता र राष्ट्रिय सभा) मा परिमार्जन जरुरी रहेको थापाको भनाइ छ ।

सरकारले अघि सारेको संविधान संशोधन विधेयकले कसैलाई पनि सन्तुष्ट पार्न नसकेको थापाले बैठकपछि पत्रकारहरुलाई बताए ।

बैठक शुक्रबार बिहान साढे ९ बजे पुनः बस्ने केन्द्रीय सदस्य राजाराम बर्तौंलाले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?