नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरु

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र ८, २०७५
|
|
१५ पटक हेरिएको
Shares
नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरु

सारांश

  • काठमाडाै, ८ भदाै ।
  • नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक ललितपुरको सानेपामा सुरु भएको छ।
  •  महाधिवेशन भएको साढे दुई वर्षसम्म पनि विभिन्न विभागले पूर्णता नपाएको भन्दै आलोचना भइरहेका बेला कांग्रेस बैठक बसेको हो।

काठमाडाै, ८ भदाै । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक ललितपुरको सानेपामा सुरु भएको छ। महाधिवेशन भएको साढे दुई वर्षसम्म पनि विभिन्न विभागले पूर्णता नपाएको भन्दै आलोचना भइरहेका बेला कांग्रेस बैठक बसेको हो।  

पार्टी कार्यालयमा बिहान ११ बजेदेखि सुरु बैठकमा महाधिवेशन तयारीबारे छलफल गरिने नेताहरूले बताएका छन्।यस्तै लेखा, आर्थिक, अनुशासन लगायत समितिले गठनबारे छलफल बताइएको छ।

सरकारले पछिल्लो ६ महिनामा गरेका कामकारबाही, भदौ १ गतेबाट लागू भएको नयाँ मुलुकी संहिताबारे पनि बैठकमा छलफल हुने कांग्रेस नेताहरुले जनाएका छन्।भदौ अन्तिम साता महासमिति बैठक गर्ने तयारी कांग्रेसले गरेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?