दुईमध्ये कताबाट रेल पहिला !

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख ३०, २०७५
|
|
१८ पटक हेरिएको
Shares

सारांश

  • काठमाडाै, ३० वैशाख ।
  • नेपालमा रेल भित्र्रयाउन रेल विभागका कर्मचारी ज्यान फालेर लागेका छन् ।
  • आमसर्वसाधारणमा चासो र खुल्दुलीको विषय छ– उत्तर र दक्षिणमध्ये कताबाट रेल पहिला भित्रिएला ?

काठमाडाै, ३० वैशाख । नेपालमा रेल भित्र्रयाउन रेल विभागका कर्मचारी ज्यान फालेर लागेका छन् । आमसर्वसाधारणमा चासो र खुल्दुलीको विषय छ– उत्तर र दक्षिणमध्ये कताबाट रेल पहिला भित्रिएला ?

यही जिज्ञासा मा रेल विभागका सिनियर डिभिजनल इञ्जिनियर प्रकाशभक्त उपाध्यायले   यो त राजनीतिक प्रश्न भन्दै हच्किए । बरु यसबीच भारतझैं चीनले समेत नेपालमा रेल भित्र्रयाउन दु्रततर गतिमा काम गरिरहेको सुनाए । नोभेम्बरमा चीनको नेशनल रेल्वे एडमिनिस्ट्रेसनका उपमन्त्री चेङ जियान नेतृत्वको २३ सदस्यीय टोली आयो ।

उसको अध्ययनको निष्कर्ष थियो, केरुङ–काठमाडौं रेलमार्ग निर्माण सम्भव छ । यही निश्कर्ष बोकेर फर्किएको टोली ५ महिनासम्म ‘टेबुल वर्क’मै सीमित रह्यो । केरुङ–काठमाडौं रेलमार्ग अब ‘फिल्ड वर्क’मा देखा पर्न लागेको विभागका अधिकारी बताउँछन् ।

यस्तो किन भनिएको हो भने १५ गते मात्र भौतिक पूर्वाधार मन्त्रालयका सचिव मधुसूदन अधिकारी, सहसचिव केशव शर्मा, राजेन्द्रराज शर्मा, रेल विभागका महानिर्देशक अनन्त आचार्य, सिनियर डिभिजन इञ्जिनियर प्रकाश उपाध्याय, अमन चित्रकार, परराष्ट्रका अधिकृत चीन पुगेर फर्किएका छन् । ६ दिनसम्म त्यहाँ रहँदा उनीहरूले उपमन्त्री चेङसँग केरुङ–काठमाडौं रेलमार्ग अध्ययन प्रारम्भ गर्ने सम्झौतापत्रमा हस्ताक्षर गरे ।

यही सम्झौताअनुरूप उताबाट साताभित्र इञ्जिनियरको एउटा टोली नेपाल भित्रिँदै छ भने यताबाट दर्जन इञ्जिनियर तालिम लिन जाँदै छन्  जनअास्थामा खबर छ। शुक्रबार जाने १२ जनाको टोलीमा रेल विभागका इञ्जिनियर किरण कार्की, विश्व केसीसहित सडक विभागबाट सिडिई शिवलाल दाहाल, सिडिई कृष्णनाथ ओझा, इञ्जिनियर समिना रानाभाट, गागल भण्डारी, आकृति लाखे, सञ्जय पन्थी, श्यामकुमार यादव, मेकानिकल इञ्जिनियर श्रीकान्त यादव, भौतिक पूर्वाधार मन्त्रालयका सहसचिव रामहरि पोखरेल र इञ्जिनियर रिकेश महर्जन छन् ।

चीन सरकारले सन् २०२२ मा सिगात्सेदेखि केरुङसम्म रेलमार्ग निर्माण गरिसक्ने योजनाअनुरूप काम गरिरहेको छ । केरुङदेखि काठमाडौंसम्मको लम्बाई ७२ किमि मात्र छ भने रक्सोलबाट वीरगञ्ज हुँदै काठमाडौं आउने रेलमार्ग करिब १ सय १३ किलोमिटर लामो हुनेछ । केरुङ–स्याफ्रुबेंसी हुँदै काठमाडाै आइपुग्ने रेल ३२ सय मिटर झर्नुपर्छ भने वीरगञ्ज हुँदै काठमाडौं आउने रेल १२ मिटर उक्लनुपर्ने हुन्छ ।

यता, चीनसँग हाम्रो नाका जोडिएका दुईवटा प्रमुख स्थान हुन् तातोपानी र रसुवागढी । संयोग के छ भने दुवैलाई नदीले वारिपारि गरी छुट्ट्याएको छ । तर, दुवै स्थानमा बाटो र पुलको हालत भने साह्रै खराब ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?