डोल्पामा बामगठबन्धनद्वारा क्लिन स्विप

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर २२, २०७४
|
|
३४ पटक हेरिएको
Shares
डोल्पामा बामगठबन्धनद्वारा क्लिन स्विप

सारांश

  • डोल्पा– डोल्पामा बाम गठबन्धनले अन्य दललाई क्लिन स्विप गरेको छ ।
  • डोल्पामा प्रतिनिधि सभा निर्वाचन क्षेत्र एक र प्रदेश सभा निर्वाचन दुईवटा क्षेत्र गरेर तीन वटै निर्वाचन क्षेत्रमा बामगठबन्धन बिजय भएको छ ।
  • प्रतिनिधि सभामा बामगठबन्धनबाट एमालेका उम्मेदवार धन बहादुर बुढाले११७६१ मत ल्याएर बिजय भएका छन् भने उनका प्रतिद्वन्द्वी काङ्ग्रेसका उम्मेदवार अंगतकुमार बुढाले ३ हजार १ सय ६७ मत ल्याएर पराजित भएका छन् ।

डोल्पा– डोल्पामा बाम गठबन्धनले अन्य दललाई क्लिन स्विप गरेको छ ।डोल्पामा प्रतिनिधि सभा निर्वाचन क्षेत्र एक र प्रदेश सभा निर्वाचन दुईवटा क्षेत्र गरेर तीन वटै निर्वाचन क्षेत्रमा बामगठबन्धन बिजय भएको छ ।

प्रतिनिधि सभामा बामगठबन्धनबाट एमालेका उम्मेदवार धन बहादुर बुढाले११७६१ मत ल्याएर बिजय भएका छन् भने उनका प्रतिद्वन्द्वी काङ्ग्रेसका उम्मेदवार अंगतकुमार बुढाले ३ हजार १ सय ६७ मत ल्याएर पराजित भएका छन् ।

त्यसैगरि प्रदेश निर्वाचन क्षेत्र क मा बामगठबन्धनबाट उम्मेदवार बनेका एमालेका नन्द सिंह बुढा ५ हजार ४ सय ९० मत ल्याएर बिजय भएका छन् भने उनका प्रतिद्वन्द्वी काङ्ग्रेसका उम्मेदवार बेगमसिंह ठकुरी १ हजार २ सय १३ मत ल्याएर पराजित भएका हुन् ।

त्यसैगरि बाम गठबन्धनमा माओबादी केन्द्रबाट उम्मेदवार बनेका वीर बहादुर शाहीले ६ हजार ४ सय १४ मत ल्याएर बिजय भएका छन्  भने उनका प्रतिद्वन्द्वी काङ्ग्रेसका उम्मेदवार सुरेशबहादुर शाहीले २ हजार १ सय ०५ मत ल्याएर पराजित भएका हुन् ।

(https://winandoffice.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?