कम्युनिस्टले बहुमत पाए फेरि चुनाव नै हुँदैन – प्रधानमन्त्री देउवा

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर ११, २०७४
|
२५
|
२३ पटक हेरिएको
Shares
कम्युनिस्टले बहुमत पाए फेरि चुनाव नै हुँदैन – प्रधानमन्त्री देउवा

सारांश

  • तेह्रथुम, ११ मंसिर : प्रधानमन्त्री तथा नेपाली काँगे्रसका सभापति शेरबहादुर देउवाले आसन्न चुनावमा जनताले कम्युनिस्टहरुलाई बहमुत दिए फेरि नेपालमा चुनाव नै नहुने आरोप लगाउनुभएको छ ।
  • यो चुनाव संसदीय व्यवस्थासहितको लोकतन्त्र कि एकदलीय व्यवस्थाको तानाशाही शासन ?
  • भन्ने जनमत संग्रह नै भएको भन्दै प्रधानमन्त्री देउवाले काँग्रेसले हारे लोकतन्त्रले हार्ने र मुलुकमा एकदलीय तानाशाही व्यवस्था आउने बताउनुभयो ।

तेह्रथुम, ११ मंसिर : प्रधानमन्त्री तथा नेपाली काँगे्रसका सभापति शेरबहादुर देउवाले आसन्न चुनावमा जनताले कम्युनिस्टहरुलाई बहमुत दिए फेरि नेपालमा चुनाव नै नहुने आरोप लगाउनुभएको छ ।

यो चुनाव संसदीय व्यवस्थासहितको लोकतन्त्र कि एकदलीय व्यवस्थाको तानाशाही शासन ? भन्ने जनमत संग्रह नै भएको भन्दै प्रधानमन्त्री देउवाले काँग्रेसले हारे लोकतन्त्रले हार्ने र मुलुकमा एकदलीय तानाशाही व्यवस्था आउने बताउनुभयो ।

सोमबार तेह्रथुमको म्याङ्लुङमा आयोजित नेपाली काँग्रेसको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले ‘लोकतन्त्रमा नागरिकले स्वतन्त्रतापूर्वक बाँच्न पाउने, लेख्न पाउने, बोल्न पाउने, फरक विचार राखेर आन्दोलन गर्न पाउने अधिकार राख्छन्, तर कम्युनिस्टको साम्यवादी शासनमा नागरिकले स्वतन्त्ररुपमा हिँडडुलसमेत गर्न पाउँदैनन्”, भन्नुभयो ।

वाम गठबन्धनले बहुमत पाए अहिलेको संविधान खारेज गरेर साम्यवादी कम्युनिस्ट शासन लागू गर्ने योजनामा रहेका प्रधानमन्त्री देउवाको तर्क छ । “नेपाली काँग्रेसबाहेक बहुदलीय प्रजातन्त्रमा विश्वास गर्ने कुनै पनि प्रजातान्त्रिक पार्टी छैन”, प्रधानमन्त्री देउवाले भन्नुभयो, “नेपाली काँग्रेसले हार्दा प्रजातन्त्र हार्छ, त्यसैले यो चुनाव जित्न आवश्यक छ ।”

उहाँले काँग्रेसले जनतालाई मालिक मानेर सर्वसत्ता सम्पन्न अधिकार दिएको तर कम्युनिस्टहरुले जनतालाई सधैँ डर त्रासमा राखेर शासन गर्न खोजेको आरोप लगाउनुभयो । प्रधानमन्त्री देउवाले कम्युनिस्टहरुले जनतालाई बुटमुनि राखेर दमन गर्ने ध्येयमा रहेको कुरा बेलैमा बुझेर लोकतान्त्रिक गठबन्धनको नेपाली काँग्रेसलाई मतदान गर्न आग्रह गर्नुभयो ।

उहाँले काँग्रेसले २००७ सालदेखि नै जनताको हक अधिकार रक्षा गर्दै जनतालाई सर्वशक्तिशाली मानेर आएको पार्टी भन्दै कम्युनिस्टले राजा महेन्द्रको तानाशाही व्यवस्थालाई ब्यूँताउन खोजेको आरोप लगाउनुभयो । प्रधानमन्त्री देउवाले कम्युनिस्ट शासन संसारबाटै खत्तम भइसकेको बताउनुभयो ।

प्रधानमन्त्री देउवाले जुझारु, क्रियाशील र जनजाति महिला नेत्री सीता गुरुङलाई जिताएर जिल्लाको विकास र समृद्धिलाई अगाडि बढाउन आग्रह गर्नुभयो ।

सभालाई सम्बोधन गर्दै नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वाम गठबन्धनबाट देशमा अनिष्ट आउने दाबी गर्दै कम्युनिस्टहरु सधैँ हिंसाको बाटोतर्फ अग्रसर रहने अरोप लगाउनुभयो । नेता पौडेलले कम्युनिस्टहरु समस्या उब्जाउन मात्रै जान्ने तर समाधान गर्न नजान्ने भन्दै काँग्रेसले सधैँ समस्याको समाधान गरी विकासलाई अगाडि बढाउन भूमिका निर्वाह गर्दै आएको बताउनुभयो ।

‘‘राजा महेन्द्रले पनि संसदीय व्यवस्था खोस्न खोजेका थिए, वामपन्थीले पनि संसदीय व्यवस्था खोस्न खोजेका छन्, यो व्यवस्था कुनै पनि हालतमा खोसिँदैन”, वरिष्ठ नेता पौडेलले भन्नुभयो ।

वरिष्ठ नेता पौडेलले बहुदल भन्ने तर मुलुकमा एकदल लागू गर्न खाज्ने कम्युनिस्टहरुसँग अब नेपाली जनता नझुक्किने धारणा राख्नुभयो । उहाँले संसदीय प्रणालीले विश्वका युरोप, जापान, भारतलगायतका मुलुकको विकास सम्भव भएको भन्दै यो व्यवस्थालाई रोज्न जनतालाई आग्रह गर्नुभयो । नेपाली काँग्रेसले गरिबी, बेरोजगारी र अभावको अन्त्य गरी मुलुकलाई स्वावलम्बन बनाउन चाहेको वरिष्ठ नेता पौडेलको भनाइ थियो ।

कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री एवं तेह्रथुमबाट प्रतिनिधिसभाकी उम्मेदवार सीता गुरुङले अढाइ दशकसम्म जिल्लाको ताला चाँबी वामपन्थीको हातमा परेकाले विकास निर्माणमा पछि परेको बताउनुभएको छ । उहाँले जिल्लाको विकास र समृद्धि नेपाली काँग्रेसको नेतृत्वमा मात्रै सम्भव हुने भन्दै आफूले समानुपातिकबाट सांसद हुँदा प्रत्यक्ष निर्वाचितभन्दा बढी काम गरेर देखाएको बताउनुभयो ।

प्रत्यक्ष निर्वाचित हुने पुरुष नेताहरुको असहयोगकै कारण जिल्लाको विकासले तीव्रता नलिएको नेत्री गुरुङको दाबी थियो । काँग्रेसको केन्द्रीय सदस्यसमेत रहनुभएकी गुरुङले अब जिल्लाको समृद्धिको ढोका काँग्रेसले खोल्ने भन्दै व्यावसायिक कृषि र पर्यटन जिल्लाको समृद्धिका आधारहरु भएको बताउनुभयो ।

कार्यक्रममा नेपाली काँंग्रेसका महासमिति सदस्य तुलसी सुब्बा, पूर्वसांसद गणेश विमली, प्रदेश सभा (ख) क्षेत्रका उम्मेदवार विजय सम्बाहाम्फेलगायतले मन्तव्य राख्नुभयो । आमसभा नेपाली काँग्रेस तेह्रथुमका सभापति तथा प्रदेशसभा (क) क्षेत्रका उम्मेदवार गोविन्द ढुंगानाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

25 कमेन्ट

    Comment Author

    Gautam Ramsharan

    हैन बुडा को माथिजानिदिन नजिकैछकि क्याहो बरबराउनथालेछ

    Comment Author

    Damodar Dahal

    त्यसबेला प्रजातन्त्र वादी के गर्लान् त ! विकल्प आन्दोलनको मात्र । अनि फेरि त्यो आन्दोलनको सहयात्री अहिले राज्य सत्ता भन्दा बाहिर रहेका वामपन्थी । आन्दोलन सकिएपछि फेरि यिनै democrates र नयाँ अनुहारको वामपन्थी ।हैट ! hypothesis नै हो बामको गठबन्धनको बहुमत र एकता तै पनि सोच्यो भने मुलुकले निकाश पाउला जस्तो लाग्दैन ।

      Comment Author

      Dhan Bahadur Budha

      येति छिटो भबिस्यबाणी किन

    Comment Author

    Krishu Ac

    CHINA ma chunab navayera k vo ra BIKASH ko SIMA xaina ,,,,,,CHUMAB yeuta MAGI KHANE vado vako xa COMMUNIST hos ya CONGRESS sabai JANATA chushne JUKA

    Comment Author

    Bishnu Devkota

    Ab Nepal ma Bampanthi ko government pakka ho ….. Sere ko nid udeyo

    Comment Author

    MAn Bhdr Chhetri

    Ajaei attina. Lageta ho. Daeita

    Comment Author

    Anil Basnet

    Ani kina sadai chunab hunu pareo ta paisa dharai vako xa ra

    Comment Author

    यात्रा रहेछ जिन्दगी

    sere pagal huna lagisako harne darle

    Comment Author

    Shiv Sharma

    Chunab ma arabon ko kharch hunx. Chunab nai bhayen bhane tyo pai bikas ma lagayo bhane ta dherai ramro ni. Yo fajul ko kharch bhanda bikas gareko ramro hoinar ?

    Comment Author

    Shankar Upreti

    Vastchar garne kosi bechne kal karkhana khane mahakali nadi bechne butha kabja garne kaha ko Loktantra ho kangresh ko

    Comment Author

    Dhan Bahadur Budha

    येस्को मतलब येसले देस चुनाव मात्र गरायेर देस खोक्रो बनाउन खोजेको हो यो कुन आधरमा बोल्छ कुन सैलिमा बोदैछ अझै यो चुनावको टुङो छैन के हुने हो कस्तो हुने हो

    Comment Author

    Aq Suman

    Chunab Hunxa tara kongress chi hudeina

    Comment Author

    Samir KC

    Thukka sale tero buddi

    Comment Author

    Om Bhujel

    किन हाे यति अातियकाे शेरे

    Comment Author

    Parbat Khatri

    pagal sere ko satto gairaxa ha ha

    Comment Author

    Prabhash Parajuli

    कूरो ठिकै हो ।यसबाट 2 वटा कूरा छर्लङग छ ।पहिलो कूरा कम्यूनिस्ट यकता बाट देसको सबैभन्दा ठूलो र पूरानो पार्टी डरायको छ किनकी उसको हार निश्चित छ।अर्कोकूरा चूनाब गर्ने परिपाटी नै बशाद गरिलेउ।हाल सम्मको करिब 30 बर्ष को प्रजातान्त्रिक ब्यवस्था हेर्दा देसमा चूशाब भयपछी खै के नै परिबर्तन भयो र?किन त्यत्रो लगानि खर्च गर्ने जबकि उपलब्धि शून्य छ त।

    Comment Author

    Padam Kharel

    चुनाव मैनै पिच्छे गराएर यो देश लाई कङ्गाल बनाउने बिचार छ शेरे सर

    Comment Author

    एमसी सुमित

    खर्च बच्ने भो।

    Comment Author

    सीता त्रिपाठी

    हामीले चाही गेजुवाले दिएको कमिसनले मासु रक्सी खायौ है साथी हो भोट गोप्य हाल्ने हो क्यारे

    Comment Author

    Ido Pk Ido Pk

    ta xer bahadur khali chunab garae rakhna

    Comment Author

    Bhim Neupane

    चुनाव नै नहुने भए देशको पैसा बच्नेभो दलालका दिन जाने भएकि क्यारे !

    Comment Author

    Nima Mingma Tamang

    Kina hudaina

    Comment Author

    Pitambar Timilsina

    यति ठूलो व्यक्तित्वले पनि यति त..ल गिरेर कसरी यस्तो बोल्न सकेको छि आफ्नै मतिले बोलेकोकि विदेशी पैसाले बोलेको हो?कुन तहको मान्छेले बोल्ने भाषा मैले बोलें?भन्ने ख्याल पनि छकि!पशु चरित्र छि:

    Comment Author

    Narendra Devkota

    दुइ दुई वर्ष भित्र मध्यावधि चनाव गराएर देश लाई पल्टाउनु भन्दा विकाश निर्माणमा लगाउदा कस्तो होला देउवा जी !

    Comment Author

    Narendra Devkota

    देशको चिन्ता हैन साथि हो । आर्जु मैयाॅको आइ एन जीअो धरापमा पर्ने चिन्ताहो । हा हा हा

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 25
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?