चितवनमा अघि-अघि प्रचण्ड पछ्याउँदै पाण्डे

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर २३, २०७४
|
|
२७ पटक हेरिएको
Shares
चितवनमा अघि-अघि प्रचण्ड पछ्याउँदै पाण्डे

सारांश

  • चितवन क्षेत्र नं ३ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अग्रता कायम रहेको छ ।
  • दाहालले ४ हजार २१८ र राप्रपा (प्रजातान्त्रिक)का महामन्त्री विक्रम पाण्डेले २ हजार ४९० मत प्राप्त गरेका छन् ।
  • पाण्डेले भन्दा दाहालले १ हजार ७२८ मत बढी ल्याएका छन्।

चितवन क्षेत्र नं ३ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अग्रता कायम रहेको छ । दाहालले ४ हजार २१८ र राप्रपा (प्रजातान्त्रिक)का महामन्त्री विक्रम पाण्डेले २ हजार ४९० मत प्राप्त गरेका छन् ।

पाण्डेले भन्दा दाहालले १ हजार ७२८ मत बढी ल्याएका छन्। सो क्षेत्रमा एक लाख २५ हजार ८१८ मतदाता रहेकामा ९३ हजार ८२६ मत खसेको छ ।

यसैगरी क्षेत्र नं २ मा चार हजार ७५६ मतगणना गर्दा एमालेका कृष्णभक्त पोखरेलले २ हजार ९७६ र नेपाली काँग्रेसका शेषनाथ अधिकारीले १ हजार ३८३ मत प्राप्त गरेका छन् । क्षेत्र नं २ मा एक लाख आठ हजार २१९ मतदाता रहेकामा ७७ हजार ४७६ मत खसेको छ ।

क्षेत्र नं १ मा छ हजार ३६० मतगणना हुँदा एमालेका सुरेन्द्रप्रसाद पाण्डेले तीन हजार ६७८ र काँग्रेसका राजेन्द्र बुर्लाकोटीले दुई हजार ४२० मत प्राप्त गरेका छन् । यस क्षेत्रमा एक लाख २५ हजार ८२३ मतदाता रहेकामा ९३ हजार ८२६ मत खसेको थियो ।

जिल्लामा तीन लाख ५४ हजार ३६ मतदाता छन् । समग्रमा जिल्लामा ७३।६२ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख हरि ढकालले जानकारी दिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?