सांसद अरुणकुमार चौधरी प्रहरीको नियन्त्रणमा

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ १९, २०७९
|
|
३९ पटक हेरिएको
Shares
सांसद अरुणकुमार चौधरी प्रहरीको नियन्त्रणमा

सारांश

  • काठमाडौं ।
  • ट्याक्टर आगजनीको आरोपमा फरार अभियुक्त रहेका कैलाली क्षेत्र नम्बर–२ बाट निर्वाचित सांसद अरुणकुमार चौधरी प्रहरीले नियन्त्रणमा लिएको छ ।
  • ट्याक्टरमा आगजनी गरेको आरोपमा उनीमाथि कैलाली जिल्ला अदालतले ६ महिना कैद सजाय र ८ लाख १९ हजार रुपैयाँ जरिवाना तिराउने फैसला सुनाएको थियो।

काठमाडौं । ट्याक्टर आगजनीको आरोपमा फरार अभियुक्त रहेका कैलाली क्षेत्र नम्बर–२ बाट निर्वाचित सांसद अरुणकुमार चौधरी प्रहरीले नियन्त्रणमा लिएको छ ।

ट्याक्टरमा आगजनी गरेको आरोपमा उनीमाथि कैलाली जिल्ला अदालतले ६ महिना कैद सजाय र ८ लाख १९ हजार रुपैयाँ जरिवाना तिराउने फैसला सुनाएको थियो। अदालतको आदेशअनुसारको सजाय नभोगी फरार रहेका उनलाई बिहीवार बाँकेबाट पक्राउ गरिएको प्रहरी स्रोतले बताएको छ ।

कैलाली– २ बाट प्रतिनिधिसभा सांसद बनेपछि उनले पुरानो सजाय भुक्तान नगरेको खुलासा भएको थियो ।

प्रहरीका अनुसार उनलाई दिउँसो साढे २ बजे बाँकेबाट पक्राउ गरी कैलाली लैजाँदै गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?