२ नम्बर प्रदेशमा चार शक्तिबिच तिव्र प्रतिस्पर्धा

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर २३, २०७४
|
|
३० पटक हेरिएको
Shares
२ नम्बर प्रदेशमा चार शक्तिबिच तिव्र प्रतिस्पर्धा

सारांश

  • काठमाडौं, मंसिर २३ – तराई मधेका ८ जिल्ला समेटिएको २ नम्बर प्रदेशमा चार राजनीतिक शक्तिबिच तिव्र प्रतिस्पर्धा देखिएको छ ।
  • प्रतिनिधिसभाका ३२ निर्वाचन क्षेत्रमा चार शक्तिले समान ८–८ सिटमा अग्रता बनाएका छन् ।
  • नम्बर प्रदेशमा प्रतिनिधिसभाका ३२ निर्वाचन क्षेत्र मध्ये नेपाली कांग्रेसले सिरहा ४, सर्लाही ३, सप्तरी ३ र ४, रौतहट २ र ४, पर्सा २, महोत्तरी ४ मा अग्रता बनाएको छ ।

काठमाडौं, मंसिर २३ – तराई मधेका ८ जिल्ला समेटिएको २ नम्बर प्रदेशमा चार राजनीतिक शक्तिबिच तिव्र प्रतिस्पर्धा देखिएको छ । प्रतिनिधिसभाका ३२ निर्वाचन क्षेत्रमा चार शक्तिले समान ८–८ सिटमा अग्रता बनाएका छन् ।

नम्बर प्रदेशमा प्रतिनिधिसभाका ३२ निर्वाचन क्षेत्र मध्ये नेपाली कांग्रेसले सिरहा ४, सर्लाही ३, सप्तरी ३ र ४, रौतहट २ र ४, पर्सा २, महोत्तरी ४ मा अग्रता बनाएको छ ।

यस्तै संघीय समाजवादी फोरमले, सप्तरी १ र २, सिरहा २, पर्सा १ र ३, धनुषा २ र ४ तथा बारा २ मा अग्रता बनाएको छ ।

राष्ट्रिय जनता पार्टी राजपाले ८ क्षेत्रमा अग्रता बनाएको छ । राजपामा ६ अध्यक्षमध्ये ५ जना अध्यक्षले २ नम्बर प्रदेशकै प्रतिनिधिसभा सिटमा अग्रता बनाएका छन् । एक अध्यक्ष राजकिशोर यादव भने पछि पर्नुभएको छ । राजपाले सर्लाही १, २ र ४, पर्सा ४, महोत्तरी २ र ३ धनुष ३ तथा रौतहट १ मा अग्रता बनाएको छ ।

२ नम्बर प्रदेशका केहि ठाउँमा राजपा र संघीय समाजवादी फोरमबिच तालमेल भएको थियो भने केहि ठाउँमा राजपाका उम्मेदवारलाई नेपाली कांग्रेसले सहयोग पनि गरेको छ ।

वाम गठबन्धनका नेकपा एमालेले २ नम्बर प्रदेशका ५ वटा निर्वाचन क्षेत्रमा र नेकपा माओवादी केन्द्रले ३ वटा निर्वाचन क्षेत्रमा अग्रता बनाएका छन् । एमालेले सिरहा १ र ३, बारा १, ३ र ४ मा तथा नेकपा माओवादी केन्द्रले रौतहट ३, महोत्तरी २ र धनुषा १ मा अग्रता बनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?