प्रचण्डसँग हार्ने लिला माओवादीकै भोट पाएर विजयी

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर २४, २०७४
|
|
२३ पटक हेरिएको
Shares
प्रचण्डसँग हार्ने लिला माओवादीकै भोट पाएर विजयी

सारांश

  • सिरहा, मंसिर २४ – सिरहा क्षेत्र नम्बर ३ बाट नेकपा एमाले लिलानाथ श्रेष्ठ विजयी हुनु भएको छ ।
  • उहाँ २ हजार ५२ बढी मतले विजयी हुनुभयो ।
  • उहाँले २३ हजार २ सय ७२ मत पाउनु भयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरम नेपालका असेश्वर यादवले २१ हजार २ सय २० मत पाउनुभयो ।

सिरहा, मंसिर २४ – सिरहा क्षेत्र नम्बर ३ बाट नेकपा एमाले लिलानाथ श्रेष्ठ विजयी हुनु भएको छ । उहाँ २ हजार ५२ बढी मतले विजयी हुनुभयो ।

उहाँले २३ हजार २ सय ७२ मत पाउनु भयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरम नेपालका असेश्वर यादवले २१ हजार २ सय २० मत पाउनुभयो । यस्तै तेश्रो स्थानमा रहेका नेपाली कांग्रेसका अमर रेग्मीले ११ हजार ७ सय ७८ मत पाउनुभयो ।

७० सालको चुनावमा श्रेष्ठा सिरहा क्षेत्र नम्बर ५ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसित पराजित हुनु भएको थियो । तर यो पटक माओवादी र एमालेबिच गठबन्धन बनेका कारण उहाँ माआवादीकै मतले प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनु भएको हो ।

२०३७ सालमा सप्तरीमा अनेरास्ववियूको जिल्ला सदस्य भएर राजनीतिमा प्रवेश गरेका श्रेष्ठ अनेरास्ववियूबाटै २०४१ सालमा नेपाल ल क्याम्पसको स्ववियू सह–सचिव हुनुभयो ।

प्रतिक्रिया

3 कमेन्ट

    Comment Author

    Devraj Kharel

    तेति बेला हराइयको थियो ।

    Comment Author

    Nani Babu Devkota

    बधाई छ

    Comment Author

    Surya Bahadur Thapa

    बदाई छ

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 3
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?