श्रीमानले भोट नदिँदा पनि दुर्गा म्याडमले जित्नु भो

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर २५, २०७४
|
|
३२ पटक हेरिएको
Shares
श्रीमानले भोट नदिँदा पनि दुर्गा म्याडमले जित्नु भो

सारांश

  • काठमाडौं, मंसिर २५ – यसपटकको चुनावमा धेरैको नजर प्यूठानतर्फ पनि थियो ।
  • राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतको जागिर छाडेर चुनावमा होमिएका कांग्रेसका डा.
  • गोविन्दराज पोखरेल र मोहनविक्रम सिंहकी पत्नी राष्ट्रिय जनमोर्चाकी दूर्गा पौडेलको प्रतिष्पर्धाले धेरैको ध्यान तानियो ।

काठमाडौं, मंसिर २५ – यसपटकको चुनावमा धेरैको नजर प्यूठानतर्फ पनि थियो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतको जागिर छाडेर चुनावमा होमिएका कांग्रेसका डा. गोविन्दराज पोखरेल र मोहनविक्रम सिंहकी पत्नी राष्ट्रिय जनमोर्चाकी दूर्गा पौडेलको प्रतिष्पर्धाले धेरैको ध्यान तानियो ।

वाम दलहरुको बाहुल्यता रहेको प्यूठानमा एमाले र माओवादीले समर्थन गर्दा जनमोर्चाकी उपाध्यक्ष दूर्गा पौडेलले जित्ने अनुमान पनि मिल्यो ।
कांग्रेसका पोखरेललाई जनमोर्चाकी पौडेलले १६ हजार २३ सय १८ भन्दा धेरे मतान्तरले पराजित गर्नुभयो ।

दूर्गा पौडेलले ४७ हजार ५ सय १५ मत ल्याउँदा नेपाली कांग्रेसका गोविन्द पोखरेलले ३१ हजार २ सय ८६ मत मात्रै ल्याउनुभयो । दूर्गाको विजयपछि वाम कार्यकर्ताले अहिले प्यूठानमा विजयी उत्सव मनाइरहेका छन् ।

दूर्गा पौडेलले १६ हजार भन्दा धेरै मतले जितेपनि श्रीमान मोहनविक्रमसिंहको भोट भने पाउनुभएन । उहाँहरुबीच कुनै असमझदारी भएर मोहनविक्रमले श्रीमतीलाई भोट नहाल्नुभएको होइन । बाम आन्दोलनको पहिलो पुस्ताका नेता मोहनविक्रम सिंहले भोटमा कहिल्यै विश्वास गर्नु भएन ।

त्यसैले ८२ बर्षको सिंह उमेरको उत्तराध्र्दमा यो पालि पनि श्रीमतिलाई भोट हाल्न जानु भएन । जीवनमा कहिल्यै भोट नहाल्ने अडान कायम राखेर श्रीमती उम्मेदवार हुँदा पनि मोहनविक्रम सिंह भोट हाल्न आफ्नो जन्मथलो प्यूठान जानु भएन । तर श्रीमानको भोट नपाए पनि नागरिकको भोट पाएर श्रीमती दूगौ पौडेलले ठूलो मत अन्तरले जित्नुभयो ।

श्रीमती नै उम्मेदवार भएपछि अर्धभूमिगत रहेका मोहनविक्रम सिंह श्रीमतीको लागि भोट माग्न भने प्यूठान जानुभएको थियो । श्रीमतीलाई जिताउन कार्यकर्ता प्रशिक्षण र घरदैलो अभियानमा समेत लागेका सिंहले आफ्नै श्रीमतीलाई भोट चाहिँ दिनुभएन ।

उहाँ मतदानको दिन काठमाडौंको बनस्थलीमा रहेको निवासमा बसेर देशैभरिको चुनावी गतिविधि हेरिरहनुभयो । ‘उहाँले आफू नै उम्मेदवार हुँदा त मत हाल्नुभएन, अहिले म उठ्दा पनि उहाँ भोट हाल्न आउनुभएन’ सिंहकी श्रीमती दूर्गा पौडेलले उज्यालोसँग भन्नुभयो, ‘उहाँले मेरो लागि चुनावी अभियानमा भाग लिनुभयो तर भोट चाहिँ हाल्नुभएन ।’

मंसिर २१ गते मतदान भएपनि सिंह चुनावी प्रचार सकेर मंसिर १८ गते नै प्यूठानबाट काठमाडौं आउनुभएको थियो । महामन्त्री सिंहले अहिले आफ्नै श्रीमतीलाई मात्रै भोट नहालेको होइन, २०१५ सालमा आफै उम्मेदवार हुँदा आफैलाई समेत भोट हाल्नुभएको थिएन ।

सिंह पहिलो पटक २०१५ मा भएको संसदीय चुनावमा तत्कालीन क्षेत्र नम्बर ८५ प्यूठानबाट नेपाल कम्युनिष्ट पार्टीको उम्मेदवार हुनुहुन्थ्यो । त्यसबेला उहाँ एक हजार २ सय मत अन्तरले पराजित हुनुभएको थियो ।

उहाँको मतदाता नामावली भने अहिले पनि झिमरुक गाउँपालिकाको बाल शिक्षा उच्च मावि ओखरकोटमा छ । तर न त उहाँले मतदाता परिचय पत्र लिनु भएको छ, न त अहिलेसम्म भोट नै हाल्नु भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?