समानुपातिकमा एमालेभन्दा कांग्रेस १७ हजार मतले पछाडि, पाँचौ नम्बरमा विवेकशील साझा

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर २५, २०७४
|
|
२८ पटक हेरिएको
Shares
समानुपातिकमा एमालेभन्दा कांग्रेस १७ हजार मतले पछाडि, पाँचौ नम्बरमा विवेकशील साझा

सारांश

  • २५ मंसिर, काठमाण्डौ ।
  • प्रतिनिधिसभा निर्वाचन अन्तर्गत समानुपातिकतर्फ नेकपा एमाले अगाडि देखिएको छ ।
  • निर्वाचन आयोगले पछिल्लो पटक सार्वजनिक गरेको नतिजा अनुसार एमालेले ४ लाख ४६ हजार ३७, नेपाली कांग्रेसले ४ लाख २९ हजार ९१ र माओवादी केन्द्रले २ लाख ५ हजार ३ सय ९० मत पाएका छन् ।

२५ मंसिर, काठमाण्डौ । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत समानुपातिकतर्फ नेकपा एमाले अगाडि देखिएको छ । निर्वाचन आयोगले पछिल्लो पटक सार्वजनिक गरेको नतिजा अनुसार एमालेले ४ लाख ४६ हजार ३७, नेपाली कांग्रेसले ४ लाख २९ हजार ९१ र माओवादी केन्द्रले २ लाख ५ हजार ३ सय ९० मत पाएका छन् ।

 

चौंथोमा राष्ट्रिय जनता पार्टी राजपा नेपाल र पाँचौंमा विवेकशील साझा पार्टी छन् । राजपा नेपालको २५ हजार ७ सय ४१ र विवेकशील साझाको २३ हजार २ सय ३६ मत छ । यस्तै राप्रपाको २१ हजार ९ सय ९९, संघीय समाजवादी फोरमको १८ हजार ३ सय ४०, नयाँ शक्ति पार्टीको १८ हजार १ सय २४ राप्रपा प्रजातान्त्रिकको ९ हजार २ सय ६०, राष्ट्रिय जनमोर्चाको ७ हजार १ सय १८ मत रहेको छ ।

अन्य दलको २८ हजार २ सय १६ मत रहेको आयोगले जनाएको छ । प्रदेशसभा तर्फ भने मिश्रित मतपरिणाम छ । प्रदेश नम्बर १, ३ र ५ मा एमाले, ४ र ७ मा कांग्रेस र ६ मा माओवादी केन्द्रको अग्रता छ ।
२ नम्बर प्रदेशमा भने राजपा अगाडि छ । प्रदेश र प्रतिनिधि सभाको प्रत्यक्षतर्फको मतगणना सकिएका जिल्लामा अहिले समानुपातिक तर्फको मतगणना भईरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?