सुनसरी क्षेत्र नं ३ मा रोकिएको मतगणना तत्काल सुरु गर्न निर्वाचन आयोगको निर्देशन

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर २६, २०७४
|
|
२४ पटक हेरिएको
Shares
सुनसरी क्षेत्र नं ३ मा रोकिएको मतगणना तत्काल सुरु गर्न निर्वाचन आयोगको निर्देशन

सारांश

  • सुनसरी,मंसिर २६ गते – हिजोबाट स्थागीत भएको सुनसरी क्षेत्र नं.
  • ३ को मतगणना तत्काल शुरु गर्नु निर्वाचनआयोगले निर्देशन दिएको छ ।
  • अर्धकट्टी सहित भेटिएको नौ वटा मतपत्र यथावत राखेर मतगणना शुरु गर्न आयोगले निर्देशन दिएको हो ।

सुनसरी,मंसिर २६ गते – हिजोबाट स्थागीत भएको सुनसरी क्षेत्र नं. ३ को मतगणना तत्काल शुरु गर्नु निर्वाचनआयोगले निर्देशन दिएको छ । अर्धकट्टी सहित भेटिएको नौ वटा मतपत्र यथावत राखेर मतगणना शुरु गर्न आयोगले निर्देशन दिएको हो ।

अहिले मतगणना शुरु गर्ने अन्तिम तयारी भएको छ । मतगणना भइरहेको स्थालमा बाम गठबन्धन बाहेकका उम्मेद्वारका प्रतिनीधिहरु प्रवेश गरिसकेका छन् । बाम गठबन्धनको अहिले एमाले पार्टी कार्यालय सुनसरीमा बैठक बसिरकेको छ । मतगणना स्थलमा अहिले ठूलोमात्रामा प्रहरी परिचालन गरिएको छ ।

सोमबार मतगणना स्थलमा दुवै तर्फबाट झडप हुने सम्भावना बढेपछि प्रहरी परिचालन गरिएको थियो । मतगणनाका क्रममा नौ वटा अर्धकट्टी सहितका नौ वटा मत पत्र भेटिएपछि विवाद भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?