घूस माग्ने इन्जिनियर विरुद्ध मुद्दा दायर
सारांश
- ठमाडौं,२७,मंशिर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्राविधिक कार्यालय कञ्चनपुरमा कार्यरत जिल्ला इन्जिनियर केदार शर्मा सहित चार जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
- आयोगका सहायक प्रवक्ता खगेन्द्र रिजालका अनुसार प्रमुख जिल्ला इन्जिनियर केदार शर्माको निर्देशनमा सोही कार्यालयका लेखापाल केशवराज जोशी, सबइन्जिनियर डण्डीराज पाण्डे, वीरेन्द्रसिंह बडाल र नवीनकुमार दुबेको मिलोमतोमा ठेक्का सदर गर्दा सेवाग्राहीसँग ६ लाख नगद र १४ लाख ७० हजार बराबरको चेक लिइरहेको अवस्थामा केही दिन पहिले आयोगको टोलीले पक्राउ गरेको थियो ।
- आयोगले उनीहरुलाई जनही २० लाख ७० हजार बिगो कायम गरी जरिवाना र कैद सजायँ माग दाबी गर्दै मुद्दा दायर गरेको हो ।
ठमाडौं,२७,मंशिर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला प्राविधिक कार्यालय कञ्चनपुरमा कार्यरत जिल्ला इन्जिनियर केदार शर्मा सहित चार जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
आयोगका सहायक प्रवक्ता खगेन्द्र रिजालका अनुसार प्रमुख जिल्ला इन्जिनियर केदार शर्माको निर्देशनमा सोही कार्यालयका लेखापाल केशवराज जोशी, सबइन्जिनियर डण्डीराज पाण्डे, वीरेन्द्रसिंह बडाल र नवीनकुमार दुबेको मिलोमतोमा ठेक्का सदर गर्दा सेवाग्राहीसँग ६ लाख नगद र १४ लाख ७० हजार बराबरको चेक लिइरहेको अवस्थामा केही दिन पहिले आयोगको टोलीले पक्राउ गरेको थियो ।
आयोगले उनीहरुलाई जनही २० लाख ७० हजार बिगो कायम गरी जरिवाना र कैद सजायँ माग दाबी गर्दै मुद्दा दायर गरेको हो ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया