समस्याहरु होलसेलमा माग्दै खुद्रामा सुल्झाउने सञ्चार राज्यमन्त्रीको प्रतिवद्धता
सारांश
- काठमाडौं, ७ चैत ।
- नवनियुक्त सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुल बाँस्कोटाले नेपालको प्रेस जगतका सबै समस्याहरु होलसेलमा माग्दै तिनलाई खुद्रामा सुल्झाउने बताएका छन् ।
- नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै राज्यमन्त्री बाँस्कोटाले त्यस्तो धारणा राखेका हुन् ।
काठमाडौं, ७ चैत । नवनियुक्त सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुल बाँस्कोटाले नेपालको प्रेस जगतका सबै समस्याहरु होलसेलमा माग्दै तिनलाई खुद्रामा सुल्झाउने बताएका छन् । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै राज्यमन्त्री बाँस्कोटाले त्यस्तो धारणा राखेका हुन् ।
महासंघकै सभाकक्षमा आयोजित बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै सञ्चार राज्यमन्त्री बाँस्कोटाले सञ्चार जगतका सरोकारवाला सबै पक्षले होलसेलमा समस्याहरु आफूलाई दिन आग्रह गर्दै भने, “एकैपटक सबै समस्या समाधान हुन नसक्ला । प्राथमिकता र आवश्यकताका आधारमा र सर्वसम्मत भएका विषयहरुलाई टुंग्याउन सकिन्छ ।” उनले सञ्चारजगतलाई लोकतन्त्रको पहरेदार भन्दै प्रेस स्वतन्त्रता भन्दा माथि गएर सरकारबाट कुनै हस्तक्षेप नहुने बताए ।
आमसञ्चार नीतिको प्रभावकारी कार्यान्वयनका लागि सरोकारवालाहरुसँग छलफल गरी अघि बढ्ने धारणा व्यक्त गर्दै राज्यमन्त्री बाँस्कोटाले पत्रकारको न्यूनतम पारिश्रमिकलाई समयानुकूल बनाउन सरकार प्रतिबद्ध रहेको बताए । बाँस्कोटाले प्रेस स्वतन्त्रता अक्षुण्ण रहने स्पष्ट पार्दै पत्रकारिता क्षेत्रलाई पििन मर्यादाभित्र रहन आग्रह गरे ।
नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले श्रमजीवि पत्रकार ऐनको पूर्ण कार्यान्वयन गर्न, समानुपातिक विज्ञापन नीति कार्यान्वयन गर्न, पत्रकार महासंघको परिचयपत्रबाट सिंहदरबारमा पहुँचका लागि ध्यानाकर्षण गराएका थिए । नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष डा.महेन्द्र विष्टले अझै पनि स्वनियन्त्रणको खतरा रहेको भन्दै त्यस्ता खालका नियम कानूनलाई परिमार्जन गर्नुपर्ने धारणा राखे ।
महासंघका उपाध्यक्ष विपुल पोख्र्रेलले समाचार लेखेकै कारण पत्रकारले अझै पनि धम्की तथा आक्रमण जस्ता घटनाको सामना गर्नुपरेको भन्दै त्यसतर्फ ध्यान दिन राज्यमन्त्री बाँस्कोटालाई गरेका थिए ।
कार्यक्रममा नेपाल प्रेस यूनियनका महासचिव अजयबाबु सिवाकोटीले सरकारका गतिविधि जनताको पक्षमा हुनुपर्ने भन्दै त्यसका लागि सिंगो पत्रकारिता जगतको सहयोग हुने बताए । प्रेस चौतारीका वरिष्ठ उपाध्यक्ष माधव नेपालले मुलुकमा शक्तिशाली सरकार रहेकाले पत्रकारका समस्या समाधान गर्नका लागि उपयुक्त अवसर रहेको बताए । प्रेस सेन्टर नेपालका अध्यक्ष महेश्वर दाहालले सबैखाले सञ्चारमाध्यमको हितमा नीति निर्माण गर्न राज्मन्त्रीलाई आग्रह गरेका थिए ।
प्रतिक्रिया