राष्ट्रियसभा गठनपछि मात्र नयाँ सरकार

Shikharkhabar Shikharkhabar
|
बुधबार, मंसिर २७, २०७४
|
|
२६ पटक हेरिएको
Shares
राष्ट्रियसभा गठनपछि मात्र नयाँ सरकार

सारांश

  • काठमाडौं- राष्ट्रियसभा चुनाव नहुँदासम्म संघीय संसद्ले पूर्णता नपाउने भएको छ ।
  • संसद्ले पूर्णता नपाई नयाँ सरकार गठन हुन सक्दैन ।
  • प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावमा प्रत्यक्षतर्फ दुईतिहाइ जित्ने वामपन्थी गठबन्धनका नेताले भने पुस १५ गतेभित्र सरकार गठन गर्ने दाबी गर्दै आएका छन् ।

काठमाडौं- राष्ट्रियसभा चुनाव नहुँदासम्म संघीय संसद्ले पूर्णता नपाउने भएको छ । संसद्ले पूर्णता नपाई नयाँ सरकार गठन हुन सक्दैन । प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावमा प्रत्यक्षतर्फ दुईतिहाइ जित्ने वामपन्थी गठबन्धनका नेताले भने पुस १५ गतेभित्र सरकार गठन गर्ने दाबी गर्दै आएका छन् । राष्ट्रियसभा गठनपछि मात्रै नयाँ सरकार गठन हुनेछ ।संविधानले राष्ट्रियसभा र प्रतिनिधिसभाको संयुक्त रुपलाई संघीय संसद् भनेको छ ।                                                                                                                                                                   ‘प्रतिनिधिसभा र राष्ट्रियसभा नामका दुई सदनसहितको एक संघीय व्यवस्थापिका हुनेछ जसलाई संघीय संसद् भनिनेछ,’ सविधानको धारा ८३ मा लेखिएको छ । ‘संविधानको धारा ८४ (८) मा ‘यस भागमा अन्य कुरा लेखिएको भए पनि संघीय संसद्मा प्रतिनिधित्व प्रत्येक राजनीतिक दलबाट निर्वाचित कुल सदस्य संख्याको एक तिहाइ सदस्य महिला हुनपर्नेछ’ भन्ने उल्लेख छ । जसअनुसार २ सय ७५ सदस्य रहेको प्रतिनिधिसभा र ५९ सदस्यीय राष्ट्रियसभाका एकतिहाइ अर्थात् १ सय ११ जना महिला सांसद हुनुपर्छ । प्रतिनिधिसभा र राष्ट्रियसभामा एक तिहाइ महिला अनिवार्य छ ।
निर्वाचन आयोगका अधिकारीले राष्ट्रियसभा गठन नभई संघीय संसद्ले पूर्णता नपाउने बताएका छन् । निर्वाचन आयुक्त इला शर्माले ‘३३ प्रतिशत महिला प्रतिनिधित्व संवैधानिक अनिवार्यताअनुसार राष्ट्रियसभा निर्वाचन नसकी समानुपातिक प्रतिनिधित्वको टुंगो लगाउन नसकिने भएकाले राष्ट्रियसभा ऐन अत्यावश्यक’ भन्दै ट्विट गरेकी छन् ।
उपमहान्यायाधिवक्ता घनश्याम ओझाले राष्ट्रियसभा गठन नभई समावेशिताको संख्या निर्धारण गर्न नसकिने बताए ।
राष्ट्रियसभा गठनसम्बन्धी कानुन पनि आएको छैन । राष्ट्रियसभा निर्वाचनसम्बन्धी कानुन नबनाई अघिल्लो संसद् अन्त्य भएको थियो । त्यससपछि सरकारले राष्ट्रियसभाको चुनाव ‘एकल संक्रमणीय मत’ का आधारमा हुने व्यवस्था राखेर राष्ट्रियसभा चुनावसम्बन्धी अध्यादेश राष्ट्रपतिकहाँ पठाएको थियो । अध्यादेश राष्ट्रपति कार्यालयमै अड्किएको छ ।
‘एकल संक्रमणीय मत’ का आधारमा निर्वाचन हुने व्यवस्थाप्रति एमालेसहितका दलले विरोध जनाएका छन् । ती दलहरु राष्ट्रियसभा गठन निर्वाचन मण्डलका बहुमतीय प्रणालीबाट हुनुपर्ने पक्षमा छन् । ‘अध्यादेश अध्ययनका क्रममा छ,’ राष्ट्रपतिका प्रेस सल्लाहकार माधव शर्माले नागरिकसँग भने ।
कानुनमन्त्री यज्ञबहादुर थापाले राष्ट्रपतिसमक्ष पठाइएको अध्यादेश छिट्ट जारी हुने विश्वास व्यक्त गरे । ‘बहुमतीय र एकल संक्रमणीय भन्ने विषयमा विवाद छ,’ मन्त्री थापाले भने, ‘एकल संक्रमणीय प्रणालीअनुसार निर्वाचन हुँदा दलहरूको शक्तिका आधारमा प्रतिनिधित्व हुन्छ । मत पनि खेर जाँदैन ।’
यसैबीच १६५ सदस्यीय प्रतिनिधिसभाको प्रत्यक्षतर्फको मंगलबार रातिसम्मको नतिजाअनुसार एमाले ८०, माओवादी केन्द्र ३६, कांग्रेस २२, राजपा ११, संघीय समाजवादी फोरम १० र अन्य पार्टी ५ स्थानमा विजयी भएका छन् । मतगणना जारी एक स्थानमा एमाले उम्मेदवार अघि छन् । यसैगरी समानुपातिकतर्फ राति १०ः ३० बजेसम्म एमालेले १६ लाख ३७ हजार ६ सय ९४, कांग्रेसले १५ लाख ४५ हजार ६ सय ७८ र
माओवादीले ६ लाख ४९ हजार १ सय ३६ मत पाएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

डा. केसी प्रकरण : पहिले वार्ता अनि उपचार कि पहिले उपचार अनि वार्ता ?
डा. केसी प्रकरण : पहिले वार्ता अनि उपचार कि पहिले उपचार अनि वार्ता ?
शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण असोजबाट  पाइने
शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण असोजबाट  पाइने
कारागारकाे निरिक्षण गर्दै मन्त्री श्रेष्ठले भने-‘खुल्ला कारागारकाे अभ्यास गर्नुपर्छ’
कारागारकाे निरिक्षण गर्दै मन्त्री श्रेष्ठले भने-‘खुल्ला कारागारकाे अभ्यास गर्नुपर्छ’
विश्व बैंकद्वारा २२ अर्ब ८२ करोड ऋण सहयोग
विश्व बैंकद्वारा २२ अर्ब ८२ करोड ऋण सहयोग
पर्यटन क्षेत्रमा योगदान गरेको भन्दै दिपेन्द्र अधिकारी सम्मानित
पर्यटन क्षेत्रमा योगदान गरेको भन्दै दिपेन्द्र अधिकारी सम्मानित
भरतपुर अप्डेट : भर्खरै प्राप्त समाचार अनुसार च्यातिएको मतपत्रको संख्या एकिन गर्न खोलियो ढोका  !
भरतपुर अप्डेट : भर्खरै प्राप्त समाचार अनुसार च्यातिएको मतपत्रको संख्या एकिन गर्न खोलियो ढोका !
लुम्बिनी र पाेखरा नजाने भए माेदी ! कारण यस्ताे छ
लुम्बिनी र पाेखरा नजाने भए माेदी ! कारण यस्ताे छ
महिला र युवतीमार्फत युवालाई यसरी प्रयोग गरिँदै छ आतंकवादमा
महिला र युवतीमार्फत युवालाई यसरी प्रयोग गरिँदै छ आतंकवादमा
राधाको जन्म कसरी भयो ?
राधाको जन्म कसरी भयो ?
डीएसपी संजिव शर्माको निलम्बनमा सर्वोच्चको अन्तरिम आदेश
डीएसपी संजिव शर्माको निलम्बनमा सर्वोच्चको अन्तरिम आदेश

तपाईंले छुटाउनुभयो कि?