पर्यटन क्षेत्रमा योगदान गरेको भन्दै दिपेन्द्र अधिकारी सम्मानित
सारांश
- काठमाडौं ।
- पर्यटन क्षेत्रमा योगदान गरेको भन्दै नेपाल पर्यटन पत्रकार संघ (नाटोज) ले पर्यटन व्यवसायी दिपेन्द्र अधिकारीलाई सम्मान गरेको छ ।
- एक कार्यक्रमकाबीच अधिकारीलाई सूचना तथा सञ्चारमन्त्री मोहन बहादुर बस्नेतको हातबाट सम्मान गरिएको हो ।
काठमाडौं । पर्यटन क्षेत्रमा योगदान गरेको भन्दै नेपाल पर्यटन पत्रकार संघ (नाटोज) ले पर्यटन व्यवसायी दिपेन्द्र अधिकारीलाई सम्मान गरेको छ । एक कार्यक्रमकाबीच अधिकारीलाई सूचना तथा सञ्चारमन्त्री मोहन बहादुर बस्नेतको हातबाट सम्मान गरिएको हो ।
विगत लामो समयदेखि नेपालको पर्यटन क्षेत्रमा क्रियाशिल अधिकारी पर्यटन व्यवसायका साथै सामाजिक विकास र सेवामा समेत पनि उत्तिकै सक्रिय छन् । सानै उमेरदेखि ट्रेकिङमा सामान्य काम थालेका उनलाई यस क्षेत्रले मोहनी नै लगायो ।
उनले नेपालको पर्यटनको विकासमा आफूले केही योगदान गर्न चाहेको बताए । ‘मैले जीवनमा लामो समय नेपालको पर्यटनको क्षेत्रमा काम गरे । जसको कारण आजसम्म मैले प्राप्त अनुभवहरुलाई म नेपालको पर्यटनको विकासमा लगाउन चाहन्छु ।’
धादिङको फुलखर्कमा जन्मिएका अधिकारी पर्यटन क्षेत्रमा करिब १४ वर्षदेखि सक्रिय रुपमा छन् । उनी हिमाल क्लाइमिबङ र ट्रेकिङ गाइड पनि हुन् । पर्यटन क्षेत्रमा नै रहेर उनी युरोपका प्रायजसो सबै देशहरुको भ्रमण पनि गरिसकेका छन् ।
अधिकारी एडभेन्चर डिस्कभरी टेक्स एण्ड एक्स्पीडिसनका प्रबन्ध निर्देशक हुन् ।
प्रतिक्रिया