आज रङहरुको पर्व होली हर्षोल्लासपूर्वक मनाइँदै

Shikharkhabar Shikharkhabar
|
आइतबार, फाल्गुन २९, २०७३
|
|
५२४ पटक हेरिएको
Shares
आज रङहरुको पर्व होली हर्षोल्लासपूर्वक मनाइँदै

सारांश

  • आज रङहरुको पर्व होली अर्थात् फागु पूर्णिमा ।
  • हरेक वर्ष फागुन शुक्ल पूर्णिमाका दिन यो पर्व हर्षोल्लासपूर्वक मनाउने गरिन्छ ।
  • बसन्त ऋतुको आगमनसँगै मनाइने फागु पूर्णिमा पर्व एक साताअघि काठमाडौको वसन्तपुरमा चीर ठड्याएपछि सुरु भएको थियो ।

आज रङहरुको पर्व होली अर्थात् फागु पूर्णिमा । हरेक वर्ष फागुन शुक्ल पूर्णिमाका दिन यो पर्व हर्षोल्लासपूर्वक मनाउने गरिन्छ ।
बसन्त ऋतुको आगमनसँगै मनाइने फागु पूर्णिमा पर्व एक साताअघि काठमाडौको वसन्तपुरमा चीर ठड्याएपछि सुरु भएको थियो । रंगीचंगी कपडाका टुक्रा झुन्ड्याइएको तीनतले चीर ठड्याएपछि सुरु भएको फागु पूर्णिमाको आज विशेष दिन हो ।

खासगरी पहाडी जिल्लाहरुमा आज उल्लासपूर्वक होली मनाइन्छ भने तराइका जिल्लाहरुमा भोलि आर्थात सोमबार विशेष रुपमा यो पर्व मनाइन्छ । आन्दोलनका कारण यसवर्ष मधेसको होली भने अघिल्लो वर्षको तुलनामा केही फिक्का हुनेछ ।

आपसमा रङ र अबिर दलेर खुसी साटासाट गर्दै मनाइने यो पर्वको बेग्लै धार्मिक, साँस्कृति र सामाजिक महत्व छ ।

असत्यमाथि सत्यको विजय भएको उत्सवका रूपमा रङ दलेर पर्व मनाउने गरिएको धार्मिक मान्यता छ । आसुरी शक्तिकी द्योतक होलीकालाई आगोले भष्म गरी सत्यवादी भक्त प्रल्हादको उद्दार भएको धार्मिक कथनसँग जोडेर यो पर्व मनाउने गरिन्छ ।

होलीमा रङ र अबिर आपसमा छ्याप्ने गरिए पनि अहिले पानी बढी प्रयोग हुने गरेको छ । होलीमा मादक पदार्थ सेवन गर्नेहरुको सङ्ख्या पनि वर्सेनि बढिरहेको छ ।

होली खेल्दा हुने आपराधिक घटना तथा दुर्घटना रोक्न प्रहरीले विशेष सुरक्षा योजना चलाएको छ ।
फागु पूणिर्माको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहालले सम्पूर्ण देशवासीमा शुभकामना व्यक्त गरेका छन् । रंगहरुको फागु पूणिर्मा अर्थात् होलीका अवसरमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री दाहालले सम्पूर्ण देशवासीमा सुख, शान्ति, सद्भाव भातृत्व र एकता वृद्धिका लागि शुभकामना व्यक्त गरका हुन् ।

(Alprazolam)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आफ्नो पार्टी विजयी भएको पूर्वक्रिकेटर इमरानको दाबी, भावी प्रधानमन्त्रीको रुपमा उनकै चर्चामा
आफ्नो पार्टी विजयी भएको पूर्वक्रिकेटर इमरानको दाबी, भावी प्रधानमन्त्रीको रुपमा उनकै चर्चामा
जन प्रर्दशनको तयारीमा देशभक्त जनगणतान्त्रिक मोर्चाः सिपि गजुरेल
जन प्रर्दशनको तयारीमा देशभक्त जनगणतान्त्रिक मोर्चाः सिपि गजुरेल
शुरु भयो इस्लाम धर्मावलम्बीको ‘रमजान’
शुरु भयो इस्लाम धर्मावलम्बीको ‘रमजान’
इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी केसी पक्राउ, ३५ तोला सुन र २५ लाख नगद बरामद
इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी केसी पक्राउ, ३५ तोला सुन र २५ लाख नगद बरामद
नयाँ वर्षकै दिनमा मात्रै फुल्ने ‘फूल’ प्रकृतिको एउटा उपहार
नयाँ वर्षकै दिनमा मात्रै फुल्ने ‘फूल’ प्रकृतिको एउटा उपहार
विर्तामोड नगरपालिककाको वडा कार्यालयमा बम विस्फोट
जेम्स बोण्ड फिल्ममा प्रयोग भएको कारको लिलामी मुल्य सुन्दा जिब्रो टोक्नु हुन्छ
जेम्स बोण्ड फिल्ममा प्रयोग भएको कारको लिलामी मुल्य सुन्दा जिब्रो टोक्नु हुन्छ
पार्टी प्रवेश (कथा)
पार्टी प्रवेश (कथा)
“साईली” गीतको सफलता संगै फिल्म बन्ने भो
“साईली” गीतको सफलता संगै फिल्म बन्ने भो
वर्षकै सर्वाधिक वर्षा, बाँके डुुबानमा
वर्षकै सर्वाधिक वर्षा, बाँके डुुबानमा

तपाईंले छुटाउनुभयो कि?