वर्षा रोकिएसँगै सप्तकोशी नदीको वहाव घट्दो

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन २०, २०८२
|
|
१९ पटक हेरिएको
Shares
वर्षा रोकिएसँगै सप्तकोशी नदीको वहाव घट्दो

सारांश

  • सुनसरी।
  • अविरल वर्षा राकिएसँगै सप्तकोशी नदीको वहाव घटेको छ।
  • सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापाका अनुसार कोसी ब्यारेजमा आज बिहान ६ बजे गरिएको मापनअनुसार ४ लाख ३५ हजार ३०५ क्युसेकप्रति सेकेण्ड पानीको वहाव रहेको छ।

सुनसरी। अविरल वर्षा राकिएसँगै सप्तकोशी नदीको वहाव घटेको छ। सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापाका अनुसार कोसी ब्यारेजमा आज बिहान ६ बजे गरिएको मापनअनुसार ४ लाख ३५ हजार ३०५ क्युसेकप्रति सेकेण्ड पानीको वहाव रहेको छ।

गएराति पानीको वहाव पाँच लाख ३३ हजार ५४० क्युसेकप्रति सकेण्ड थियो। रातिदेखि नै वर्षाकम भएसँगै सो नदीमा पानीको वहाव घट्दो क्रममा रहेको उनले बताए।

अहिले कोशी ब्यारेजको ५६ गेट (ढोका) खोलिएका उनले बताए। आइतबार विहान नदीमा पानीको वहाव उच्च भएपछि खतराको संकेतस्वरुप रातो बत्ती बालिएको थियो भने रातो भण्डासमेत फहराइएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?