कांग्रेसले सत्ता लम्ब्याउन खोजे ‘प्रतिवाद’

Shikharkhabar Shikharkhabar
|
शनिबार, पौष १, २०७४
|
|
२० पटक हेरिएको
Shares
कांग्रेसले सत्ता लम्ब्याउन खोजे ‘प्रतिवाद’

सारांश

  • काठमाडा– नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता र सरकार गठनको विषयमा छलफल सुरु भएको छ ।
  • नयाँबानेश्वरमा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच नयाँ सरकार गठन र पार्टी एकताबारे छलफल भएको हो ।
  • ‘नयाँ सरकार गठन र पार्टी एकतालाई सँगसँगै लैजाने गरी दुवै अध्यक्षबीच छलफल भएको छ,’ नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले भने, ‘दुवै विषयले केही दिनमा तीव्रता पाउनेछन् ।

काठमाडा– नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता र सरकार गठनको विषयमा छलफल सुरु भएको छ । नयाँबानेश्वरमा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच नयाँ सरकार गठन र पार्टी एकताबारे छलफल भएको हो ।
‘नयाँ सरकार गठन र पार्टी एकतालाई सँगसँगै लैजाने गरी दुवै अध्यक्षबीच छलफल भएको छ,’ नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले भने, ‘दुवै विषयले केही दिनमा तीव्रता पाउनेछन् ।’
ओलीसँग भेटअघि दाहाल र श्रेष्ठबीच छलफल भएको थियो । दाहाल र ओलीको भेटपछि पनि दाहाल र श्रेष्ठबीच भेट भएको थियो । दाहालसँगको भेटलगत्तै श्रेष्ठ ओलीलाई भेट्न बालकोट पुगेका थिए ।
असोजका तेस्रो साता प्रदेश तथा प्रतिनिधिसभा चुनावपछि पार्टीएकता गर्ने घोषणा गरेका एमाले र माओवादीले गठबन्धन निर्माण गरेर चुनावी प्रतिस्पर्धा गरेका थिए । चुनावको परिणाम सार्वजनिक भएपछि पहिलो पटक शुक्रबार दिउँसो दुवै नेताबीच पहिलो पटक भेट भएको थियो । दुई चरणमा भएको प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा वामपन्थी गठबन्धनले स्पष्ट बहुमत प्राप्त गरेका छन् । दुवै दलका नेताबीच पार्टी एकतालाई प्रतिकूल प्रभाव पर्नेगरी अभिव्यक्ति नदिन तल्लो तहमा निर्देशन गर्ने पनि सहमति भएको छ ।
दुई नेताबीच साढे एक घण्टा भएको भेटमा कानुनी उल्झन निकाली नेपाली कांग्रेसले सत्ता लम्ब्याउन खोजेको निष्कर्ष निकाली त्यसलाई प्रतिवाद गर्ने सहमति भएको ओलीका प्रेस संयोजक चेतन अधिकारीले बताए । ‘सरकारले कानुनी उल्झन निकालेर आयु लम्ब्याउन खोजेको ठहर गर्दै त्यसलाई प्रतिवाद गरेर जाने विषयमा सहमति भएको छ,’ अधिकारीले भने, ‘काम चलाउन बनेको सरकारले जथाभावी नियुक्ति गरेको छ । यी दुवै विषयलाई प्रतिवाद गरेर जाने सहमति भएको छ ।’
राष्ट्रियसभाको निर्वाचन प्रणालीका बारेमा नेपाली कांग्रेस र नेकपा एमालेबीच मतभेद छ । यही कारण यससम्बन्धी अध्यादेश राष्ट्रपतिकहाँ अड्किएको छ । एमालेले सरकारले पठाएको अध्यादेशमा राखिएको एकल संक्रमणीय निर्वाचन प्रणाली संविधानअनुसार नभएको भन्दै आएको छ । एमालेले बहुमतीय निर्वाचन प्रणालीको मात्रै प्रयोग हुनसक्ने जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जलविद्युतका कारण नारच्याङमा बसाइँ सर्दै
जलविद्युतका कारण नारच्याङमा बसाइँ सर्दै
विकिनि किलर चार्ल्स शोभराजसँग प्रेम विवाह र सम्बन्ध राख्ने काे हुन निहिता ?
विकिनि किलर चार्ल्स शोभराजसँग प्रेम विवाह र सम्बन्ध राख्ने काे हुन निहिता ?
रेडक्रसका पदाधिकारीलाई तलब फिर्ता गर्न निर्देशन
रेडक्रसका पदाधिकारीलाई तलब फिर्ता गर्न निर्देशन
अविवाहित युवतीले जेलमै बच्चा जन्माइन्, ५ हजार धरौटी बुझाउन नसक्दा थुनामा
अविवाहित युवतीले जेलमै बच्चा जन्माइन्, ५ हजार धरौटी बुझाउन नसक्दा थुनामा
बिपी र महेन्द्रले बनाएको उद्योग कांग्रेसले बेचे : नेपाल
बिपी र महेन्द्रले बनाएको उद्योग कांग्रेसले बेचे : नेपाल
बाम गठवन्धन निर्वाचन सम्मका लागि -माओबादि नेता गणेश मान पुन
बाम गठवन्धन निर्वाचन सम्मका लागि -माओबादि नेता गणेश मान पुन
मैथिली सम्मेलन सम्पन्न
मैथिली सम्मेलन सम्पन्न
विश्वकप फुटबल २०१८ : गोल्डेन बुटको दौडमा काे काे ?
विश्वकप फुटबल २०१८ : गोल्डेन बुटको दौडमा काे काे ?
उदयपुरमा रहेको शहरी भबन डिभिजन कार्यालय सारीने: पुगेन उदयपुरे नेताको पहुँच
उदयपुरमा रहेको शहरी भबन डिभिजन कार्यालय सारीने: पुगेन उदयपुरे नेताको पहुँच
रक्तचन्दनको कारोबार बन्द भयो त ? प्रशासन र प्रहरीको आ–आफ्नै तर्क
रक्तचन्दनको कारोबार बन्द भयो त ? प्रशासन र प्रहरीको आ–आफ्नै तर्क

तपाईंले छुटाउनुभयो कि?