काठमाडौँबासीलाई दुख दिइरहेका भारतीय चोर पक्राउ

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष २, २०७४
|
|
३६ पटक हेरिएको
Shares
काठमाडौँबासीलाई दुख दिइरहेका भारतीय चोर पक्राउ

सारांश

  • काठमाडौँ उपत्यकामा कवाड सरसामान संकलन गर्ने वहानामा बिहान तथा दिउसोको समय चोरी कार्यमा संलग्न केही चोरहरु पक्राउ परेका छन् ।
  • भारतको विहार समस्तिपुरबाट आइ काठमाडौँमा बसिरहेका उनीहरु मंसिर २९ गते काठमाडौँ महानगरीय प्रहरीद्वारा पक्राउ परेका हुन् ।
  • पक्राउ पर्नेमा दिनेश पोदार, मुकेश कुमार पोदार, केतुल पोदार, चन्तन पोदार, सुरज पोदार र विकास पोदार रहेका छन् ।

काठमाडौँ उपत्यकामा कवाड सरसामान संकलन गर्ने वहानामा बिहान तथा दिउसोको समय चोरी कार्यमा संलग्न केही चोरहरु पक्राउ परेका छन् । भारतको विहार समस्तिपुरबाट आइ काठमाडौँमा बसिरहेका उनीहरु मंसिर २९ गते काठमाडौँ महानगरीय प्रहरीद्वारा पक्राउ परेका हुन् । पक्राउ पर्नेमा दिनेश पोदार, मुकेश कुमार पोदार, केतुल पोदार, चन्तन पोदार, सुरज पोदार र विकास पोदार रहेका छन् ।

काठमाडौँको सिनामंगल, गौशाला, तिलगंगा, बानेश्वर लगायतका स्थानमा बस्दै आएका उनीहरु कवाड सामान संकलन गर्ने निहुँमा घर घरमा पुगी घरको अवस्था तथा मानिस नहुने समय पत्ता लगाई विहान र दिउसो चोरी कार्यमा संलग्न रहँदै आएका थिए । पक्राउन परेका उनीहरुले नगद, टिभी, मोबाइल, गरगहना लगायतका सामाग्री चोरी गर्थे । पक्राउ परेका सबैलाई थप अनुसन्धान र कानुनी कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौँ पठाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?