पोखराको कुटी रिसोर्टमा तातो पानी आउने स्वीमिङ पुल

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष २, २०७४
|
|
२३ पटक हेरिएको
Shares
पोखराको कुटी रिसोर्टमा तातो पानी आउने स्वीमिङ पुल

सारांश

  • पोखराको कुटी रिसोर्ट एण्ड स्पाले पोखरामै पहिलोपटक इन्डोर तापयुक्त स्वीमिङ पुल बनाएको छ।
  • रिसोर्टका प्रबन्ध निर्देशक सुरज विष्टका अनुसार रसायरहित तापयुक्त यस्तो पुल नेपालमै पहिलो भएको दावी गरे ।
  • रिसोर्टका गेष्टहरुले निःशुल्क यो सुविधा पाउने छन्।

पोखराको कुटी रिसोर्ट एण्ड स्पाले पोखरामै पहिलोपटक इन्डोर तापयुक्त स्वीमिङ पुल बनाएको छ। रिसोर्टका प्रबन्ध निर्देशक सुरज विष्टका अनुसार रसायरहित तापयुक्त यस्तो पुल नेपालमै पहिलो भएको दावी गरे । रिसोर्टका गेष्टहरुले निःशुल्क यो सुविधा पाउने छन्।

जाडोमा अतिथीहरुलाई पौडीको मज्जा नछुटोस भन्ने हेतुले यो सुविधा थपिकएको विष्टको भनाइ छ। ३२ डिग्री सेल्सियस सम्मको तापक्रम हुने उक्त पौडी पोखरी स्वदेशी तथा विदेशी पर्यटकलाई केन्द्रमा राखेर बनाइएको संचालकहरुको दाबी छ।

पर्यटकहरुलाई आर्षित गर्न सेवा सुविधाहरु थप्दैजाने योजना अनुसार नयाँनयाँ सुविधा थप गर्दै गइरहेको विष्टले जानकारी दिए। ५१ डिलक्स रुम भएको रिसोर्टमा स्टीम सोना, हट स्टोन सोना र अन्य स्पा सुविधाहरु रहेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?