आज पुष ३ गते , हर्नुहोस कहाँ कहाँ, के के घाटनाहरु भए- प्रहरी बुलेटिन

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष ३, २०७४
|
|
२७ पटक हेरिएको
Shares
आज पुष  ३ गते , हर्नुहोस कहाँ कहाँ, के के घाटनाहरु भए- प्रहरी बुलेटिन

सारांश

  • नक्कली सरकारी कागजात तथा शैक्षिक प्रमाणपत्र बनाउने व्यक्तिहरु पक्राउ काठमाडौं, नक्कली सरकारी कागजात तथा शैक्षिक प्रमाणपत्रहरू बनाउने गिरोहका ७ जनालाई प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले पक्राउ गरेको छ ।
  • उनीहरुलाई प्रहरीले गत मंसिर २९ गते काठमाडौँका विभिन्न स्थानहरुबाट पक्राउ गरेको हो ।
  • पक्राउ पर्नेमा रूकमको झुला–३ घर भई काठमाडौँ धापासी बस्ने न्यू लुम्बिनी कमिन्यूकेशन एण्ड डिजिटल फोटो स्टुडियो संचालक २३ वर्षीय टेक बहादुर बुढा मगर, रोल्पाको माडी गाउँपालिका–४ घर भई काठमाडौँ नयाँ बसपार्क हिलेटोल मनमैजु बस्ने ३० वर्षीय राप्ती फोटो स्टुडीयोका संचालक रामजी प्रसाद डि.

नक्कली सरकारी कागजात तथा शैक्षिक प्रमाणपत्र बनाउने व्यक्तिहरु पक्राउ
काठमाडौं, नक्कली सरकारी कागजात तथा शैक्षिक प्रमाणपत्रहरू बनाउने गिरोहका ७ जनालाई प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई प्रहरीले गत मंसिर २९ गते काठमाडौँका विभिन्न स्थानहरुबाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा रूकमको झुला–३ घर भई काठमाडौँ धापासी बस्ने न्यू लुम्बिनी कमिन्यूकेशन एण्ड डिजिटल फोटो स्टुडियो संचालक २३ वर्षीय टेक बहादुर बुढा मगर, रोल्पाको माडी गाउँपालिका–४ घर भई काठमाडौँ नयाँ बसपार्क हिलेटोल मनमैजु बस्ने ३० वर्षीय राप्ती फोटो स्टुडीयोका संचालक रामजी प्रसाद डि.सी, गोरखाको शहिद लखन गाउँपालिका–७ घर भएका काठमाडौँ नयांबजार बस्ने रचना फोटो स्टुडियो संञ्चालक २६ वर्षीय विराज श्रेष्ठ, म्याग्दकोी मंगला गाउँपालिका–४ घर भएका काठमाडौँ गंगबु गणेशथान बस्ने ३४ वर्षीय कान्तीपुर म्यानपावर सामाखुसीका कर्मचारी श्याम कुमार थापा मगर, स्याङजाको हरीनाथ गाउँपालिका–३ मग्याम घर भई काठमाडौँ गंगबु मित्रनगर बस्ने स्याङजा तनहुँ कमिन्युकेशनका संचालक ५६ वर्षीय हरिबहादुर शाही, ललितपुरको माहालक्ष्मी नगरपालिका–५ बस्ने श्रेष्ठ कमिन्युकेशनका संचालक ४० वर्षीय हरेराम श्रेष्ठ, धादिङको निलकण्ठ नगरपालिका–१ घर भई काठमाडौं महानगरपालिका–९ सिनामंगल शम्भूमार्ग बस्ने कल्की एयरपोर्ट स्टुडियोका संचालक २५ वर्षीय बिश्वनाथ अधिकारी रहेका छन् ।
प्रहरीले उनीहरुको साथबाट नेपाल सरकार लेखेको होलो ग्राम, विभिन्न व्यक्तिहरुको नामको सवारी चालक अनुमतीपत्रहरु, शैक्षिक योग्यताको प्रमाणपत्रहरू (मार्क्सिट, ट्रान्सकिप्ट, चारित्रिक प्रमाणपत्र ) नेपाली नागरिकता तथा राहदानी, विभिन्न संस्थाको रबर स्ट्याम्पहरु, क्प्युटरको सिपियु , हार्ड्डिक्स लगायतका सामानहरु बरामद गरेको छ ।
उनीहरुलाई काठमाडौँ जिल्ला अदालतबाट सरकारी छाप दस्तखत किर्ते मुद्धामा म्याद थप गरी अनुसन्धान भइरहेको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ ।

लुटपाट गर्ने पक्राउ
काठमाडौं ,लुटपाट गरी फरार भएका सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिका–३ घर भएका ३४ वर्षीय पुस्कर बानियाँलाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका–३१ शान्तिनगर डेरा गरी बस्ने रामेछापको सुनापाती गाउँपालिका–७ घर भएका चण्डेश्वरी खत्रीको डेरा कोठाबाट लुटपाट गरी फरार भएका बानियाँलाई प्रहरीले आइतबार नयाँबानेश्वरबाट पक्राउ गरेको हो ।
प्रहरीले बानिँयाको साथबाट सुनको मंगलसुत्र १ थान, झुम्का २ थान, चाँदीको औंठी १ थान र  खुकुरी १ थान र गोली १ राउण्ड समेत बरामद गरेको छ ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 सवारी दुर्घटनामा मृत्यु
काठमाडौं,रुपन्देही स् बुटवल उपमहानगरपालिका–१२ नयाँगाउँ चोकस्थित महेन्द्र राजमार्गमा लु.२७ प ९९८३ र लु.३ प ९६२० नम्बरको मोटरसाइकल आइतबार एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा लु.२७ प ९९८३ नम्बरको मोटरसाइकल पछाडि सवार सैनामैना नगरपालिका–४ सालझण्डी बस्ने २० वर्षीय बिक्रम काउछा गम्भीर घाइते भएकाले लुम्बिनी अञ्चल अस्पताल बुटवल पठाइएकोमा उपचारको क्रममा आइतबार मृत्यु भएको छ । कञ्चनपुर स् पुनर्बास नगरपालिका–११ भिमबस्ती स्थित भे.१ स ३१३६ नम्बरको अटो रिक्साले सोही ठाउँ बस्ने साईकल यात्री भिमसिंह ठकुरीलाई आइतबार ठक्कर दिंदा गम्भीर घाइते भएकाले सेती अंचल अस्पताल धनगढी पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको छ । चालक र अटो रिक्सालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

पर्खालले थिचेर मृत्यु तथा घाइते
मोरङ,बिराटनगर महानगरपालिका–४ केशलियामा निर्माणाधिन अवस्थामा रहेको म्याजिक चप्पल फ्याक्ट्रीको भवनको पर्खाल भत्किंदा फ्याक्ट्रीका कामदार सुनसरीको दुहबी भलुवा नगरपालिका–१३ पूर्व कुसाहा बस्ने ४५ वर्षीया कलावतीदेवी चौधरीको पर्खालले थिचेर आइतबार घटनास्थलमै मृत्यु भएको छ । उक्त दुर्घटनामा बिराटनगर महानगरपालिका–४ बस्ने ५० बर्षीय रतन माझी सहित ३ जना घाइते भएकोले उपचारको लागि नोबेल अस्पताल बिराटनगरमा लिएको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

आगलागीबाट धनमाल क्षति
काठमाडौं ,दक्षिणकाली नगरपालिका–६ झंकेश्वरी स्थित उग्रचण्डी भगवती मन्दिरमा गएराति करेन्ट सर्ट भई आगलागी हुँदा भजनमण्डलीका सामानहरु जलेर करीब २ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।स्थानीय बासिन्दाको सहयोगमा प्रहरीले आगलागी नियन्त्रण गर्नुका साथै आवश्यक अनुसन्धान गरिरहेको छ ।

लागूऔषध सहित पक्राउ
नेपालगंज उपमहानगरपालिका–१ धम्बोझी बस्ने ३५ बर्षीय गुड्डु शेख र ३५ बर्षीय मेराज नदापलाई प्रहरीले लागूऔषध ब्राउन सुगर १ ग्राम सहित पक्राउ गरेको छ । नेपालगंज नर्सिङहोममा खुट्टामा चोट लागि इमरजेन्सीमा चेकजाँच गराउन आएका उनीहरुलाई सोमबार प्रहरीले शंका लागि चेकजाँच गर्दा गुड्डु शेखको साथबाट उक्त ब्राउन सुगर बरामद भएको थियो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सवारी दुर्घटनामा मृत्यु
विर्तामोड नगरपालिका–२ स्थित मे.४ प २८१५ नम्बरको मोटरसाइकलले सोमबार पैदल यात्री भारत सितामणी घर भएका १८ बर्षीय मोहमद मेबुलाई ठक्कर दिई मोटरसाइकल अनियन्त्रित हुदाँ विपरीत दिशाबाट आईरहेको मे.१ च ५२५१ नम्बरको सेन्ट्रो कारले मोटरसाइकल चालक सोही नगरपालिका–२ चरपाने बस्ने २६ बर्षीय बासुदेव अधिकारीलाई ठक्कर दिंदा गम्भीर घाइते भएकोले उपचारको लागि विएण्डसी अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको छ । मोटरसाइकलको ठक्करबाट घाइते भएका मोहमदलाई उपचारको लागि विर्तासिटी अस्पताल बिर्तामोडमा पठाइएको छ । कार र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 मृत अवस्थामा फेला

धादिङ
गजुरी गाउँपालिका–६ घोडेनी बस्ने ३५ बर्षीया लक्ष्मी भुजेल सोमबार आप्mनै घरमा सुतेको स्थानमा मृत अबस्थामा फेला परेकी छिन् ।   

बर्दिया
राजापुर नगरपालिका–७ शेकरपुरमा अस्थाई वसोबास गर्दै आएका भारत लखिमपुर खिरी खिमरापुरुवा घर भएका ६० बर्षीय जयनारायन श्रीवास्तब सोमबार आप्mनै फुपु सासुको घरमा मृत अबस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

आगलागीबाट क्षति
सोलुखुम्बु, सोताङ गाउँपालिका–२ बस्ने रुद्र बहादुर राईको घरमा आइतबार आगलागी हुदाँ नगद ५० हजार रुपैयाँ सहित करीव ५ लाख १७ हजार रुपैयाँ बराबरको धनमाल जलेर क्षति भएको छ ।
स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रण गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

विभिन्न धनमाल चोरी
रुपन्देही, तिलोत्तमा नगरपालिका–८ प्रगतीचोक डेरा गरी बस्ने अर्घाखाँचीको छत्रदेव गाउँपालिका–५ घर भएका भुवानी भुषालको कोठाबाट गएराती ल्यापटप १ थान, मोवाइल १ थान र लु.१६ प ३३६७ नम्बरको स्कुटर चोरी भएको छ । फरार चोरहरुको खोजतलास गर्नुको साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?