मोर्चामा आवद्ध दलहरुले आज समर्थन फिर्ता लिएको संसदलाई जानकारी गराउने
सारांश
- सयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र आज संसदलाई बुझाउने भएको छ ।
- सयुक्त मोर्चामा आवद्ध दलहरुले छुट्टा छुट्टै सभामुख ओनसरी घर्तीलाई सर्मथन फिर्ता लिएको पत्र बुझाउने ती दलका नेताहरुले जनाएका छन् ।
- सरकारले बहुमत जुटाई संविधान संसोधन प्रस्ताब पारित गर्ने कसरत जारी राखेका बेला संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले हिजो सरकारलाई दिएको समर्थन फिर्ता लिएको घोषणा गरेको हो ।
सयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र आज संसदलाई बुझाउने भएको छ ।
सयुक्त मोर्चामा आवद्ध दलहरुले छुट्टा छुट्टै सभामुख ओनसरी घर्तीलाई सर्मथन फिर्ता लिएको पत्र बुझाउने ती दलका नेताहरुले जनाएका छन् । सरकारले बहुमत जुटाई संविधान संसोधन प्रस्ताब पारित गर्ने कसरत जारी राखेका बेला संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले हिजो सरकारलाई दिएको समर्थन फिर्ता लिएको घोषणा गरेको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीका मन्त्रीलाई फिर्ता पठाएर राप्रपा र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका सांसदलाई मन्त्री बनाउने तयारी गरिरहेका बेला मोर्चाले भने समर्थन फिर्ता लिएको घोषणा गरेको हो । मोर्चाका नेता महेन्द्र राय यादवले आजबाट लिखित पत्र ििदएरु समर्थन फिर्ताको जानकारी गराउने बताउनुयो । वर्तमान सरकार गठनका बेला मोर्चासँग भएका तीनबुँदे सहमति कार्यान्वयन नभएकाले सहमति फिर्ता लिइएको उहाँले दिनुभयो ।
मधेसी मोर्चाको एक घटक संघीय समाजवादी फोरमले भने हिजो नै सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
प्रतिक्रिया