सप्तरीको स्थानीय तहका कार्यालयमा मोर्चाद्धारा तालाबन्दी

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, चैत्र ४, २०७३
|
|
२३६ पटक हेरिएको
Shares

सारांश

  • संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले सप्तरीका स्थानीय तहको कार्यालयमा तालाबन्दी गरेका छन् ।
  • ‘स्थानीय तह पुनर्संरचना मान्न सकिदैन, संख्याको आधारमा स्थानीय तह निर्धारण गर’ भन्ने जस्ता नाराबाजी गर्दै मोर्चाका कार्यकर्ताले विहिबार राजविराजस्थित जिल्ला समन्वय समितिको कार्यालय र राजविराज नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका हुन् ।
  •  आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले सप्तरीका स्थानीय तहको कार्यालयमा तालाबन्दी गरेका छन् ।

‘स्थानीय तह पुनर्संरचना मान्न सकिदैन, संख्याको आधारमा स्थानीय तह निर्धारण गर’ भन्ने जस्ता नाराबाजी गर्दै मोर्चाका कार्यकर्ताले विहिबार राजविराजस्थित जिल्ला समन्वय समितिको कार्यालय र राजविराज नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका हुन् । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

दर्जनौंको संख्यामा रहेका मोर्चाका कार्यकर्ताहरुले समन्वय समिति स्थित स्थानीय विकास अधिकारी सुदेव पोखरेल, प्रशासन प्रमुख सुभाष मण्डल र राजविराज नगरपालिकाका कार्यकारी अधिकृत यादवराज सापकोटाको कार्यकक्षमा ताला लगाएका छन् ।

शुक्रवारदेखि जिल्लाका सबै नगरपालिका र गाउँपालिकाहरुमा तालाबन्दी गर्ने तयारी भईसकेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सप्तरीका संयोजक दिनेशकुमार यादवले जानकारी दिए ।

यस्तै मधेसी मोर्चाका नेताहरुले स्थानीय तहको निर्वाचनमा नलाग्न कार्यालय प्रमुखहरुलाई आग्रह समेत गरेका छन्

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?