प्रेमीसँग मिलेर श्रीमानलाइ भीरबाट खसाले पछि ..

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आषाढ १२, २०७५
|
|
३३ पटक हेरिएको
Shares
प्रेमीसँग मिलेर श्रीमानलाइ भीरबाट खसाले पछि ..

सारांश

  • कञ्चनपुर, १२ असार ।
  • कञ्चनपुरको पुनर्वास नगरपालिका–२ कि एक महिलाले प्रेमीसँग मिलेर श्रीमानको हत्या गरेकी छन् ।
  • कैलालीको गोदावरी नगरपालिका–१० माइती घर भएकी लक्ष्मी बडेलाले गोदावरी–१२, खमौरा घर भएका प्रेमी दीपक खत्रीसँग मिलेर श्रीमान तेजबहादुर विष्टको हत्या गरेको प्रहरीले जनाएको छ ।

कञ्चनपुर, १२ असार । कञ्चनपुरको पुनर्वास नगरपालिका–२ कि एक महिलाले प्रेमीसँग मिलेर श्रीमानको हत्या गरेकी छन् ।

कैलालीको गोदावरी नगरपालिका–१० माइती घर भएकी लक्ष्मी बडेलाले गोदावरी–१२, खमौरा घर भएका प्रेमी दीपक खत्रीसँग मिलेर श्रीमान तेजबहादुर विष्टको हत्या गरेको प्रहरीले जनाएको छ ।

गोदावरी नगरपालिका–१० कैलालीकी लक्ष्मी बडालले श्रीमान तेजबहादुर बिष्टलाई भासुको भिरबाट खसालेर हत्या गरेको प्रहरीले जनाएको छ । बडाल र बिष्टबिच गएको वैशाखमा मात्रै विवाह भएको थियो ।

गोदावरी नगरपालिका–१० कैलाली माइतीघर भएकी लक्ष्मी बडाल र गोदावरी–१२ खमौरा घर भएका दीपक खत्रीबिच लामो समयदेखी प्रेम सम्बन्ध थियो । उनीहरुले जसरी पनि विवाह गरेर एक अर्काको हुने कसम खाएका थिए ।

लक्ष्मीले दीपकसँग विवाहका लागि गरेको प्रस्ताव परिवारले स्वीकार गरेन । बरु उनको परिवारले गएको वैशाखमा कञ्चनपुरको पुनर्वास नगरपालिका–२ का तेजबहादुर बिष्टसँग लक्ष्मीको मागी विवाह गरिदियो ।

नचाहेरै परिवारको दबाबमा अर्कै युवकसँग विवाह गर्नुपरेपछि लक्ष्मीले आफ्ना प्रेमी दीपक खत्रीसँग मिलेर श्रीमानको हत्याको योजना बनाएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

लक्ष्मीले घुम्न जाने बहानामा कैलालीको भासु भिरबाट खसालेर श्रीमानको हत्या गरेको कैलालीका प्रहरी उपरीक्षक विनोद घिमिरेले जानकारी दिए ।

यही असार ८ गते श्रीमती लक्ष्मीसहित ससुराली आएका तेजबहादुर सोहीदिनदेखि बेपत्ता थिए । लक्ष्मी र उनका प्रेमीले असार ८ गते राति तेजबहादुरलाई घुम्न जाने बहानामा भिमदत्त राजमार्गको चुरे क्षेत्रमा पर्ने भासु भिरमा लगेका थिए ।

भासु भिरमा पुर्‍याएर रडले टाउकोमा हानेर घाइते बनाएको र त्यसपछि बिष्टलाई उनी सवार म १ प ७४७७ नम्बरको मोटरसाइकलसहित भिरबाट खसालेको प्रहरी उपरीक्षक घिमिरले बताए ।

उनले शव र मोटरसाइकल निकाल्नका लागि अहिले घटनास्थलमा प्रहरी पुगिसकेको जानकारी दिए । अग्लो भासु भिरको डरलाग्दो खोल्सामा शव र मोटरसाइकल देखिएको प्रहरी उपरीक्षक घिमिरेले जानकारी दिए । उनले शव र मोटरसाइकल सडकसम्म ल्याइपु¥याउन केही समय लाग्न सक्ने बताए ।

हत्यामा संलग्न दुवैजनालाई पक्राउ गरिसकेको उनले बताएका छन् । दुवै आरोपितलाई अहिले जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Paudel Laxman

    Yesto garne lai fasi hunu parcha

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?