चट्याङ लागेर नौ जनाको मृत्यु

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख ११, २०८०
|
|
६७ पटक हेरिएको
Shares
चट्याङ लागेर नौ जनाको मृत्यु

सारांश

  • ढाका ।
  • बङ्गलादेशमा आइतबार परेको चट्याङका कारण दुई घण्टाभन्दा कम समयमा नौ जनाको मृत्यु भएको छ ।
  • स्थानीय समयअनुसार आइतबार बिहान १० बजेदेखि ११ बजेसम्म सुनामगञ्ज, मौलवीबजार र सिलहट जिल्लाका विभिन्न क्षेत्रमा चट्याङ् र मेघगर्जनसहित भारी वर्षासमेत भएको थियो ।

ढाका । बङ्गलादेशमा आइतबार परेको चट्याङका कारण दुई घण्टाभन्दा कम समयमा नौ जनाको मृत्यु भएको छ ।

स्थानीय समयअनुसार आइतबार बिहान १० बजेदेखि ११ बजेसम्म सुनामगञ्ज, मौलवीबजार र सिलहट जिल्लाका विभिन्न क्षेत्रमा चट्याङ् र मेघगर्जनसहित भारी वर्षासमेत भएको थियो ।
चट्याङका कारण मृत्यु हुनेको सङ्ख्या नौ पुगेको बताइएको छ ।

चट्याङका कारण भएका अधिकांश मृत्युमा आफ्नो खेतबारीमा काम गरिरहेका ग्रामीण किसान परेका अधिकारीले बताएका छन् ।

सुख्खा यामदेखि वर्षायामसम्म मौसम परिवर्तन हुने भएकाले वर्षको यो समयमा घना बस्ती भएको दक्षिण एशियाली मुलुकमा चट्याङका कारण सयौँ व्यक्तिको मृत्यु हुने गरेको छ ।

बङ्गलादेशमा चट्याङ लागेर मृत्यु हुनेको सङ्ख्यामा वृद्धि भएको छ । विज्ञहरूका अनुसार यो जलवायु परिवर्तनका कारण भएको हो । जलवायु परिवर्तनका कारण बङ्गलादेश निकै प्रभावित हुनेमध्येको एक गरिब राष्ट्र हो ।

(madisonavenuemalls)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपालीलाई मतलव छैन, विदेशीलाई चासो
नेपालीलाई मतलव छैन, विदेशीलाई चासो
विजयोत्सव मनाउन नवनिर्वाचित अध्यक्षले दिए पालिकाभरि सार्वजनिक बिदा
विजयोत्सव मनाउन नवनिर्वाचित अध्यक्षले दिए पालिकाभरि सार्वजनिक बिदा
हुम्लामा बिमान दुर्घटना, पाइटलसहित सातको अवस्था गम्भीर
हुम्लामा बिमान दुर्घटना, पाइटलसहित सातको अवस्था गम्भीर
कांग्रेस केन्द्रीय कार्यसमिति किन बस्न सकेन !
कांग्रेस केन्द्रीय कार्यसमिति किन बस्न सकेन !
प्रहरी प्रसाशन विरूद्ध आन्दोलन गर्ने पीडित परिवारको चेतावनी
प्रहरी प्रसाशन विरूद्ध आन्दोलन गर्ने पीडित परिवारको चेतावनी
अरुको मुख ताकेर र दोष दिएर उम्कने होइन: प्रधानमन्त्री ओली
अरुको मुख ताकेर र दोष दिएर उम्कने होइन: प्रधानमन्त्री ओली
बन्दीपुर केबलकार : केबलकारभित्रै रेष्टुरेन्ट सञ्चालनको तयारी
बन्दीपुर केबलकार : केबलकारभित्रै रेष्टुरेन्ट सञ्चालनको तयारी
मौरिन्हो आएपछि टोटनह्यामको जित
मौरिन्हो आएपछि टोटनह्यामको जित
एमालेले अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिक व्यवहारका विषयमा अभिमुखीकरण आयोजना गर्ने
एमालेले अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिक व्यवहारका विषयमा अभिमुखीकरण आयोजना गर्ने
दुर्गा प्रसाईंको मेडिकल कलेजलाई १५ दिनभित्र सम्बन्धन दिन सर्वोच्चको आदेश
दुर्गा प्रसाईंको मेडिकल कलेजलाई १५ दिनभित्र सम्बन्धन दिन सर्वोच्चको आदेश