राष्ट्रपतिसँग अध्यादेश स्वीकृत गर्नुको विकल्प छैन : बालकृष्ण खाण

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष ६, २०७४
|
|
२२ पटक हेरिएको
Shares
राष्ट्रपतिसँग अध्यादेश स्वीकृत गर्नुको विकल्प छैन : बालकृष्ण खाण

सारांश

  • राष्ट्रपति संविधानको संरक्षक भएकाले सरकारले विधिसम्मत निर्णय गरेर पठाएको अध्यादेश स्वीकृत गर्नुको विकल्प नभएको कांग्रेसले जनाएको छ ।
  • कांग्रेस निर्वाचन परिचालन समितिका संयोजक बालकृष्ण खाणले संविधानको संरक्षण गर्ने संस्थाले नै संविधानमा रहेको प्रावधानअनुरूप पठाइएको अध्यादेश फिर्ता गर्दैन भन्नेमा कांग्रेस विश्वस्त रहेको बताए ।
  • ‘राष्ट्रपति भनेको व्यक्ति होइन, संविधालाई संरक्षकत्व प्रदान गर्ने संस्था हो,’ खाणले भने, ‘तसर्थ संविधानको प्रावधानअनुरूप सरकारले विधिसम्मत निर्णय गरेर पठाएको अध्यादेश राष्ट्रपतिबाट स्वीकृत भएर राष्ट्रिय सभा निर्वाचनका लागि मार्गप्रशस्त हुन्छ भन्ने विश्वास कांग्रेसको छ ।

राष्ट्रपति संविधानको संरक्षक भएकाले सरकारले विधिसम्मत निर्णय गरेर पठाएको अध्यादेश स्वीकृत गर्नुको विकल्प नभएको कांग्रेसले जनाएको छ । कांग्रेस निर्वाचन परिचालन समितिका संयोजक बालकृष्ण खाणले संविधानको संरक्षण गर्ने संस्थाले नै संविधानमा रहेको प्रावधानअनुरूप पठाइएको अध्यादेश फिर्ता गर्दैन भन्नेमा कांग्रेस विश्वस्त रहेको बताए । ‘राष्ट्रपति भनेको व्यक्ति होइन, संविधालाई संरक्षकत्व प्रदान गर्ने संस्था हो,’ खाणले भने, ‘तसर्थ संविधानको प्रावधानअनुरूप सरकारले विधिसम्मत निर्णय गरेर पठाएको अध्यादेश राष्ट्रपतिबाट स्वीकृत भएर राष्ट्रिय सभा निर्वाचनका लागि मार्गप्रशस्त हुन्छ भन्ने विश्वास कांग्रेसको छ ।’नयाँपत्रिकाबाट

कानुन र संविधानअनुरूप पठाइएको अध्यादेश फिर्ता गर्नुपर्ने कुनै पनि कारण राष्ट्रपतिसँग नभएको खाणको भनाइ छ । निर्वाचनमा पराजय व्यहोरेको भए संविधान च्यात्न अग्रसर हुने एमाले, जितेकाले मिच्न खोजिरहेको उनको भनाइ छ । ‘निर्वाचनमा पराजय व्यहोरेको भए एमाले अध्यक्ष केपी ओलीको निर्देशनमा एमाले कार्यकर्ताले यतिवेलासम्म संविधान च्यातिसक्थे,’ खाणले भने, ‘निर्वाचन जितेकाले संविधानका धारा मिचेर अघि बढ्न खोजिरहनुभएको छ । कांग्रेसले संविधान मिच्न दिँदा पनि दिँदैन र संविधानविपरीत सहमति र सम्झौता गर्दा पनि गर्दैन ।’ कानुनअनुरूप अघि बढेको अध्यादेशमा सहमति जुटाउन दलीय छलफल आवश्यक नरहेको खाणको भनाइ छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?