कोरोना अपडेटः बुधवार ४३ सय ४४ संक्रमित थपिए
सारांश
- आज नेपालमा ४ हजार ३ सय ४४ जना कोरोना संक्रमित थपिएका छन् ।
- योसँगै कुल संक्रमितको संख्या ५ लाख ९९ हजार ७ सय ८ पुगेको छ ।
- कोरोना संक्रमणबाट आज थप ८१ जनाको मृत्यु भएको छ ।
आज नेपालमा ४ हजार ३ सय ४४ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै कुल संक्रमितको संख्या ५ लाख ९९ हजार ७ सय ८ पुगेको छ । कोरोना संक्रमणबाट आज थप ८१ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ८ हजार १७९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । १२ हजार ७४ जनाको पिसीआर परिक्षणमा ३ हजार ४ सय ४९ र ४५ सय ६४ जनाको एन्टिजेन परिक्षण गर्दा ८९५ जनालाई संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रलायले जनाएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया