नयाँ बर्षमा बस्ती हस्तान्तरण गरेरै छाड्छु :धुर्मुस

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र ७, २०७३
|
|
२९२ पटक हेरिएको
Shares
नयाँ बर्षमा बस्ती हस्तान्तरण गरेरै छाड्छु :धुर्मुस

सारांश

  •  धुर्मुस-सुन्तली फाउन्डेसनले महोत्तरीको बर्दिवासमा निर्माण गरिरहेको एकीकृत नमुना मुसहर बस्तीका घरहरु अन्तिम चरणमा पुगेका छन् ।
  • अहिले ती घरहरुमा रंग लगाउने काम भइरहेको छ ।
  • शिल्यान्यास गरेको करिव साढे २ महिनामै मुसहर बस्ती तयार हुन लागेको हो ।
 धुर्मुस-सुन्तली फाउन्डेसनले महोत्तरीको बर्दिवासमा निर्माण गरिरहेको एकीकृत नमुना मुसहर बस्तीका घरहरु अन्तिम चरणमा पुगेका छन् । अहिले ती घरहरुमा रंग लगाउने काम भइरहेको छ ।
शिल्यान्यास गरेको करिव साढे २ महिनामै मुसहर बस्ती तयार हुन लागेको हो । गत माघ २५ गते चर्चित हाँस्यकलाकार महजोडी (मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य) ले बस्तीको शिलान्यास गरेका थिए । मुसहर बस्तीको लगभग सबै घरमा छाना छाउने काम सकिएको फाउन्डेसनले जनाएको छ ।

‘अहिले अधिंकाश घरहरुमा रंङ्गरोगनको काम सुरु भएको छ,’ परियोजना ब्यबस्थापक अर्जुन न्यौपानेले बताए ।
निर्माण स्थलमै रहेका धुर्मुस-सुन्तली फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेल (धुर्मुस) ले बस्ती निर्माणको काम द्रूत गतिमा भइरहेको जानकारी दिए । उनले नयाँ बर्षमा बस्ती हस्तान्तरण गरेरै छाड्ने बताएका छन् ।
४ करोड ७८ लाखमा निर्माण हुने यस बस्तीका लागि बिभिन्न संघ-संस्था तथा दाताहरुले सहयोग गरिरहेका छन् । फाउन्डेसनका लेखा अधिकृत सरोजजंग खत्रीले बताएअनुसार बस्ती निर्माणका लागि अझै पनि करिव १ करोड सहयोग जुटाउनुपर्ने छ । फाउन्डेसनले अहिलेसम्म करिव ३ करोड बराबरको रकम बस्ती निर्माणका लागि खर्च गरिसकेको उनले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गाडीको डिकीमा भेटियो शव..
गाडीको डिकीमा भेटियो शव..
“राष्ट्रपति कार्यालयबाट महँगो गाडी खरिदका लागि प्रस्ताव आएको छैन : भूपेन्द्रप्रसाद पौडेल सचिव, राष्ट्रपति कार्यालय
“राष्ट्रपति कार्यालयबाट महँगो गाडी खरिदका लागि प्रस्ताव आएको छैन : भूपेन्द्रप्रसाद पौडेल सचिव, राष्ट्रपति कार्यालय
इलाम बन्यो कोरोना शून्य जिल्ला
फिफा विश्व फुटबलको मुख्य विवादित घटनाहरु
फिफा विश्व फुटबलको मुख्य विवादित घटनाहरु
अपाङ्गतासम्बन्धी अधिकार कार्यान्वयनमा चुनौती देखिएको छ : पन्थ
अपाङ्गतासम्बन्धी अधिकार कार्यान्वयनमा चुनौती देखिएको छ : पन्थ
हेर्नुहोस् प्रचण्डको प्रतिबद्धता ,अब माडीलाई मणि बनाउने
हेर्नुहोस् प्रचण्डको प्रतिबद्धता ,अब माडीलाई मणि बनाउने
उपसचिव कुटेपछि मन्त्रालयमा भागाभाग
उपसचिव कुटेपछि मन्त्रालयमा भागाभाग
समानुपातिकमा बन्द सुचिका नामहरुलाई तलमाथि गर्न पाईँदैन् : प्रमुख निर्वाचन आयुक्त यादव
समानुपातिकमा बन्द सुचिका नामहरुलाई तलमाथि गर्न पाईँदैन् : प्रमुख निर्वाचन आयुक्त यादव
मंसिर ९ गते सोमबारको राशिफल यस्तो छ
मंसिर ९ गते सोमबारको राशिफल यस्तो छ
स्वतन्त्र तराई निर्माण सेनाको पर्चा र एसएमजी सहीत सिरहामा एक व्यक्ति पक्राउ
स्वतन्त्र तराई निर्माण सेनाको पर्चा र एसएमजी सहीत सिरहामा एक व्यक्ति पक्राउ

तपाईंले छुटाउनुभयो कि?