इलाम बन्यो कोरोना शून्य जिल्ला

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन १२, २०७७
|
|
४२ पटक हेरिएको
Shares

सारांश

  • कोरोना सङ्क्रमण महामारीपछि पहिलो पटक इलाम कोरोना शून्य जिल्ला भएको छ ।
  • कोरोनाका सक्रिय सङ्क्रमितहरु घर फर्किएपछि इलाम कोरोना सङ्क्रमणमुक्त भएको हो ।
  • गत जेठ २७ गते जिल्लामा पहिलो सङ्क्रमित फेला परेकामा तीन महिनापछि कोरोना पोजिटिभको सङ्ख्या शून्य भएको हो ।

कोरोना सङ्क्रमण महामारीपछि पहिलो पटक इलाम कोरोना शून्य जिल्ला भएको छ । कोरोनाका सक्रिय सङ्क्रमितहरु घर फर्किएपछि इलाम कोरोना सङ्क्रमणमुक्त भएको हो । गत जेठ २७ गते जिल्लामा पहिलो सङ्क्रमित फेला परेकामा तीन महिनापछि कोरोना पोजिटिभको सङ्ख्या शून्य भएको हो ।

जिल्लामा अहिलेसम्म ९३ व्यक्ति सङ्क्रमित भएकामा सबैजना उपचारपछि घर फर्किसकेको स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका अनुसार पछिल्लोपटक चुलाचुली गाउँपालिकाका एक युवकमा कोरोना पोजिटिभ देखिएकामा उनको रिपोर्ट नेगेटिभ आएको छ । अहिलेसम्म जिल्लामा चार हजार ९७७ जनाको पिसिआर परीक्षण गरिएकामा चार हजार ८६१ जनाको रिपोर्ट नेगेटिभ आएको थियो ।

जिल्लामा गत जेठमा दुई, असारमा १४, साउनमा ६६ र भदौमा ११ जनामा कोरोना पोजिटिभ देखिएको थियो । जिल्लामा सबैभन्दा बढी इलाम नगरपालिका ५७, सूर्याेदय नगर १५, सन्दकपुर गाउँपालिका आठ, माई नगर पाँच, देउमाई नगर चार, चुलाचुली तीन र रोङ गाउँपालिकाका एक जनामा सङ्क्रमण पुष्टि भएको थियो ।(रासस)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अमेरिकामा नेपालीको लागि टिपिएसमा पुनः दर्ता खुला
अमेरिकामा नेपालीको लागि टिपिएसमा पुनः दर्ता खुला
बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम यही जेठ १४ मा
बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम यही जेठ १४ मा
उपप्रधानमन्त्री पोखरेलको आशंका : ‘दलको आवरणमा निर्मलाका हत्यारा जोगाउन आउने हुन् कि !’
दीपिका पादुकोणले लगाएको बिकिनीको रङ्गका कारण नयाँ चलचित्र विवादमा
दीपिका पादुकोणले लगाएको बिकिनीको रङ्गका कारण नयाँ चलचित्र विवादमा
आत्तिएका यादव र नडगमगिएका प्रचण्ड
आत्तिएका यादव र नडगमगिएका प्रचण्ड
दैनिक ८०५ मेट्रिक टन उत्पादन गर्दै उदयपुर सिमेन्ट उद्योग
दैनिक ८०५ मेट्रिक टन उत्पादन गर्दै उदयपुर सिमेन्ट उद्योग
फ्रान्समा संकटकाल घोषणाको तयारी
फ्रान्समा संकटकाल घोषणाको तयारी
जस्काे निम्ति पत्रकार सम्मेलन गरे उस्कै बारेमा केहि बाेलेनन् नाना पाटेकरले !
जस्काे निम्ति पत्रकार सम्मेलन गरे उस्कै बारेमा केहि बाेलेनन् नाना पाटेकरले !
विश्व समाचार : वायु सेनाका अधिकारीले बलात्कार गरेको सिनेटरको खुलासा
विश्व समाचार : वायु सेनाका अधिकारीले बलात्कार गरेको सिनेटरको खुलासा
नेपाल–चीनबीच बीस समझदारीपत्रमा हस्ताक्षर
नेपाल–चीनबीच बीस समझदारीपत्रमा हस्ताक्षर

तपाईंले छुटाउनुभयो कि?