सिलवालको फाइल खोजी, बन्न पाउलान् त सांसद ?

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष १०, २०७४
|
|
३४ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं ।
  • तत्कालीन डीआईजी नवराज सिलवालले सर्वोच्च अदालतमा पेस गरेको कार्यसम्पादन मूल्यांकन (कासमू) फाइलको खोजी सुरु भएको छ ।
  • किर्ते छानबिनको जिम्मा पाएको महानगरीय प्रहरी परिसर टेकुले लोकसेवा आयोग, प्रहरी प्रधान कार्यालय र गृह मन्त्रालयसँग सक्कल कासमू फाइल उपलब्ध गराइदिन अनुरोध गरेको छ ।

काठमाडौं । तत्कालीन डीआईजी नवराज सिलवालले सर्वोच्च अदालतमा पेस गरेको कार्यसम्पादन मूल्यांकन (कासमू) फाइलको खोजी सुरु भएको छ । किर्ते छानबिनको जिम्मा पाएको महानगरीय प्रहरी परिसर टेकुले लोकसेवा आयोग, प्रहरी प्रधान कार्यालय र गृह मन्त्रालयसँग सक्कल कासमू फाइल उपलब्ध गराइदिन अनुरोध गरेको छ ।

परिसरले आयोग, मन्त्रालय र कार्यालयलाई आइतबार लाहाछाप लगाइएको सिलबन्दी कासमू फाइल उपलब्ध गराइदिन अनुरोध गरेको हो । आजको अन्नपूर्णपोष्ट दैनिकमा खबर छ–परिसरले कासमू खुला पृष्ठमा भए लाहाछाप लगाई सिलबन्दी गरी उपलब्ध गराइदिन पनि अनुरोध गरेको छ । छानबिनमा संलग्न अनुसन्धान अधिकृतका अनुसार किर्ते गर्ने व्यक्तिबारे सर्वोच्चले स्पष्ट नगरेकाले अनुसन्धान दायरा ठूलो भएको छ ।

प्रधानन्यायाधीश गोपाल पराजुलीसहित ७ न्यायाधीशको पूर्ण इजलासले गरेको फैसलाको पूर्ण पाठमा न्यायिक टिप्पणीमा सिलवालले नै ‘किर्ते’ गरेको कतै पनि उल्लेख छैन । न्यायिक टिप्पणीका आधारमा प्रहरी छानबिन हुने भएकाले प्रहरीले अनुसन्धानको दायरा बढाउने भएको छ । आफूले अदालतमा पेस गरेको कासमू फारम सक्कली नै रहेको दाबी सिलवालले गरिरहेका बेला बढुवा समितिले मात्र खोल्नुपर्ने अत्यन्त गोप्य कासमू फाइल कसरी बाहिरियो भन्ने विषयमा समेत अनुसन्धान हुने अवस्था सिर्जना भएको छ ।

सिलवालद्वारा दायर रिटको पछिल्लो फैसलाको टिप्पणीमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीसहित ५ न्यायाधीश संलग्न पूर्ण इजलासले गरेको फैसला र कामकारबाहीमाथि प्रश्न उठाइएको छ । ‘न्यायिक टिप्पणीअनुसार पहिलो र पछिल्लो दुवै फैसला केलाउनुपर्ने हुन्छ’, ती अनुसन्धान अधिकृतले भने, ‘एउटै संस्था (सर्वोच्च अदालत) ले गरेको फैसलासमेत बाझिएको देखिन्छ । अघिल्लो इजलासको कमजोरी पनि उठाइएको छ । छानबिन सहज छैन ।’

पछिल्लो फैसलामा कानुनबमोजिम गोप्य रहनुपर्ने कासमू फारम र निवेदकले पेस गरेको फारममा के कसको संलग्नता छ अनुसन्धान गरी दोषी देखिएका उपर कारबाही चलाउन सम्बन्धित निकायमा लेखी पठाउन भनिएको थियो । परिसरले छानबिनको सुरुमा अदालतमा सिलवालले पेस गरेको कासमू फारमबारे प्रहरी मुख्यालयले गरेको छानबिनको समेत अध्ययन गर्ने भएको छ । छानबिनमा विद्युतीय माध्यम प्रयोग गरी नक्कली कासमू बनाएको विधिविज्ञान प्रयोगशालाले पुष्टि गरेको थियो ।

महानगरीय प्रहरी परिसर प्रमुख एसएसपी रवीन्द्र धानुकले कासमू फाइल उपलब्ध गराउन पत्र पठाएकोबारे प्रस्ट जवाफ दिएनन् । उनले भने, ‘कासमू फाइल माग्न त्यति सजिलो छैन, किन चाहियो ? अनुसन्धान अधिकृतलाई नै सोध्नोस् ।’

स्रोत खुलाउन दबाब

परिसरले सिलवालको कासमूको स्रोत खुलाई कागजात उपलब्ध गराउन तीन वटा अनलाइनलाई पत्र पठाएको छ । परिसरले सुशासन अनलाइन, शुभदिन डटकम र मूलधार अनलाइनलाई पत्र पठाएको हो । पत्रमा ‘नवराज सिलवालको सक्कली र नक्कली कासमू कागजात र सो प्राप्तिको स्रोतसमेत खुलाई उपलब्ध गराएर अनुसन्धानमा सहयोग गरिदिनुहुन अनुरोध गरिएको’ उल्लेख छ ।

पत्रकार आचारसंहिताले समेत गोप्य स्रोतको संरक्षण गरेका बेला प्रहरीले स्रोत खुलाउन पठाएको पत्रप्रति नेपाल पत्रकार महासंघ र प्रेस चौतारीले ‘आफ्नो गम्भीर ध्यानाकर्षण भएको’ विज्ञप्ति जारी गरेका छन् । महासंघले प्रकाशित÷प्रसारित समाचारको स्रोत खोज्ने अधिकार प्रहरीलाई नभएको स्पष्ट पारेको छ ।

महासंघको विज्ञप्तिमा ‘यो घटनाले सञ्चारमाध्यमलाई निर्वाध रूपमा प्रेस स्वतन्त्रताको उपभोग गर्ने काममा बाधा पुर्‍याउने ठहर छ । महासंघ यस किसिमका घटना नदोहोर्‍याउन र पत्रकारलाई निर्वाध काम गर्ने वातावरण सिर्जना गर्न सम्बन्धित पक्षसँग माग गर्दछ।’

प्रेस चौतारीले पनि पत्रकारसँग स्रोत खुलाउन र कल डिटेल माग्ने प्रहरीको कदमलाई प्रेस स्वतन्त्रतामाथि नांगो हस्तक्षेप भनेको छ । महानगरीय प्रहरी परिसर टेकुका डीएसपी बेलबहादुर पाण्डेले भने किर्ते छानबिनमा प्रहरीलाई सहयोगका लागि ती अनलाइनसँग अनुरोध गरिएको बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दक्षिणी नाकामा दुई किमीको अन्तरमा सशस्त्रको सुरक्षा चौकी
दक्षिणी नाकामा दुई किमीको अन्तरमा सशस्त्रको सुरक्षा चौकी
आजबाट घाम लाग्ने
आजबाट घाम लाग्ने
मन्त्रिपरिषदको बैठकले दियो संघीय शिक्षा ऐन संसदमा पेश गर्न स्वीकृति
मन्त्रिपरिषदको बैठकले दियो संघीय शिक्षा ऐन संसदमा पेश गर्न स्वीकृति
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज
संघीयताका कारण कर ‘आतंक’ मच्चाउदै  स्थानीय सरकार !
संघीयताका कारण कर ‘आतंक’ मच्चाउदै स्थानीय सरकार !
शालिकराम पुडासैनी प्रकरणमा रबि लामिछानेलाई ५ दिन थुनामा राख्न म्याद थप
शालिकराम पुडासैनी प्रकरणमा रबि लामिछानेलाई ५ दिन थुनामा राख्न म्याद थप
क्वारेन्टिनमा रहेका एक पुरुषको मृत्यु
क्वारेन्टिनमा रहेका एक पुरुषको मृत्यु
राणा, राना र भण्डारीबीचको चुनाव रोचक बन्दैः कसको होला पल्ला भारी ?
राणा, राना र भण्डारीबीचको चुनाव रोचक बन्दैः कसको होला पल्ला भारी ?
वाईडबडी विमान खरिदमा अर्बौंको घोटला भएको दावी, निगम र मन्त्रालयमाथि लेखा समितिका दर्जनौ प्रश्न
वाईडबडी विमान खरिदमा अर्बौंको घोटला भएको दावी, निगम र मन्त्रालयमाथि लेखा समितिका दर्जनौ प्रश्न
६४ औँ प्रहरी दिवसः अपराधको निष्पक्ष अनुसन्धान गर्न प्रहरीलाई प्रमको अनुरोध
६४ औँ प्रहरी दिवसः अपराधको निष्पक्ष अनुसन्धान गर्न प्रहरीलाई प्रमको अनुरोध

तपाईंले छुटाउनुभयो कि?