नारायणकाजीले गरे खुलासा : यस्ताे भएकाे रहेछ एमाले-माअाेवादीबीच सहमति ?
सारांश
- गोरखा, पुस १० ।
- नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले एमाले–माओवादीबीच पार्टी एकता पछि नेतृत्व आलोपालोगरी चलाउने सम्झौता नभएको बताएका छन् ।
- चुनावपछि पहिलो पटक गोरखा आएका नेता श्रेष्ठले एमाले र माओवादी एकतापछि बन्ने पार्टीको नेतृत्व एकल हुनु हुँदैन भनेर सैद्धान्तिक छलफल भएपनि अध्यक्ष र प्रधानमन्त्री आलोपालो गरी चलाउने सम्झौता नभएको बताएका हुन् ।
गोरखा, पुस १० । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले एमाले–माओवादीबीच पार्टी एकता पछि नेतृत्व आलोपालोगरी चलाउने सम्झौता नभएको बताएका छन् ।
चुनावपछि पहिलो पटक गोरखा आएका नेता श्रेष्ठले एमाले र माओवादी एकतापछि बन्ने पार्टीको नेतृत्व एकल हुनु हुँदैन भनेर सैद्धान्तिक छलफल भएपनि अध्यक्ष र प्रधानमन्त्री आलोपालो गरी चलाउने सम्झौता नभएको बताएका हुन् ।
‘आलोपालो नेतृत्व भन्नुको मतलव सधैं एकल नेतृत्व हुँदैन आलोपालो जानुपर्छ भनेर असाध्यै सौद्धान्तिक र नीतिगत कुराकानी भएको हो’, श्रेष्ठले भने, ‘त्यसलाई एकीकृत पार्टीको अध्यक्ष र प्रधानमन्त्री आलोपालो गर्ने सम्झौता भएको भन्ने अर्थमा बुझ्न हुँदैन ।’
निर्वाचनमार्फत जनताले वामगठबन्धनलाई स्वागत गरेको भन्दै नेता श्रेष्ठले पार्टी एकतालाई जनादेशका रुपमा पनि लिनुपर्ने बताए ।
प्रतिक्रिया