सकियो चितवन टाइगर्सको इपिएल यात्रा

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष ११, २०७४
|
|
२१ पटक हेरिएको
Shares
सकियो चितवन टाइगर्सको इपिएल यात्रा

सारांश

  • चितवन टाइगर्स एभरेष्ट प्रिमियर लिग ‘ईपीएल’ क्रिकेट प्रतियोगिताबाट बाहिरिएको छ ।
  • चितवन लिग चरणको आफ्नो अन्तिम खेलमा भैरहवा ग्लाडिएटर्ससँग ४ विकेटले पराजित भएसँगै प्रतियोगिताबाट बाहिरिएको हो ।
  • ८८ रनको सामान्य चुनौती पछ्याउँदै ब्याटिङ गरेको भैरहवाले निर्धारित ओभर सकिन ९ बल बाँकी हुँदा ६ विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो ।

चितवन टाइगर्स एभरेष्ट प्रिमियर लिग ‘ईपीएल’ क्रिकेट प्रतियोगिताबाट बाहिरिएको छ । चितवन लिग चरणको आफ्नो अन्तिम खेलमा भैरहवा ग्लाडिएटर्ससँग ४ विकेटले पराजित भएसँगै प्रतियोगिताबाट बाहिरिएको हो । ८८ रनको सामान्य चुनौती पछ्याउँदै ब्याटिङ गरेको भैरहवाले निर्धारित ओभर सकिन ९ बल बाँकी हुँदा ६ विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो । भैरहवाको जितमा पुनित मिश्रले ३०, रोहित कुमार पौडेलले २० र भुपेन्द्र थापाले १३ रनको योगदान दिए ।

 

चितवनका लागि दिपेन्द्रसिंह ऐरी र शाहब आलमले समान दुई–दुई विकेट लिए । पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा ८७ रन जोडेको थियो । भैरहवा यसअघि नै प्लेअफमा पुगिसकेको छ । ५ खेलबाट ४ खेलमा जित र एक खेलमा हार ब्यहोरेको भैरहवाको ८ अंक भएको छ । प्रतियोगिताबाट बाहिरिएको चितवनको ५ खेलबाट ४ खेलमा हार र १ खेलमा जितसहित २ अंक रहेको छ । फाइनल प्रवेशका लागि भैरहवाले अब लिगको शीर्ष स्थानमा रहेको विराटनगरसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?