मोरङ दुर्घटनामा तीनको सनाखत : टायर पड्किएर भएको थियो दुर्घटना

Shikharkhabar Shikharkhabar
|
बिहिबार, चैत्र १०, २०७३
|
|
१६१ पटक हेरिएको
Shares
मोरङ दुर्घटनामा तीनको सनाखत : टायर पड्किएर भएको थियो दुर्घटना

सारांश

  • पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको पथरी र कानेपोखरी सडकखण्डमा पर्ने छधारेमा गएराति बस दुर्घटना हुँदा चारजनाको मृत्यु र १९ जना घाइते भएकोमा तीन जनाको सनाखत भएको छ ।
  • घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ ।
  • दुर्घटनामा तीन पुरुष र एक महिलाको मृत्यु भएको छ ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको पथरी र कानेपोखरी सडकखण्डमा पर्ने छधारेमा गएराति बस दुर्घटना हुँदा चारजनाको मृत्यु र १९ जना घाइते भएकोमा तीन जनाको सनाखत भएको छ ।

घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ । दुर्घटनामा तीन पुरुष र एक महिलाको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक राजन कार्कीका अनुसार घटनामा मोरङको लेटाङ–३ का मोटरसाइकल चालक तिलक लिम्बू र मोटरसाइकलमा सवार देवेन्द्र लिम्बू तथा बसमा सवार झापाका पुरुषोत्तम सुवेदी र नाम नखुलेकी एक महिलाको मृत्यु भएको हो ।

घाइते हुनेमा इलाम सूर्योदयकी बबिता विक, कोरोबारी झापाका रोशन मण्डल, सतन इम्बू, सुनिता टुडु, सतुवा हैमरन, गौरीगन्ज झापाका सन्तोष माझी, किशोर चौधरी, लिलबहादुर भट्टराई, मनिष भट्टराई, भद्रपुर झापाका अनिस विक, गौरीगन्ज झापाकै दिलीप मण्डल, घैलाडुब्बा झापाका करनजित वर्मा रहेका छन्।

यसैगरी, अन्य घाइतेमा सिक्किम भारतकी मित्रावती भट्टराई, नारायणप्रसाद भट्टराई, बुटवलका राज आले, केरौन मोरङका विजय मुर्मु, पोखराका अनिल रानामगर, उत्तर प्रदेश भारतका इशर अली र पथरी मोरङका रामकुमार राई छन् ।

इलाका प्रहरी कार्यालय पथरीका प्रहरीका अनुसार काँकडभिट्टाबाट बुटवल जाँदै गरेको ना ५ ख ५३८७ नम्बरको मुक्तिनाथ डिलक्स बसको अगाडिको टायर पड्किएर दुर्घटना भएको हो ।

टायर पड्किएर अनियन्त्रित भएको बसले विपरीत दिशाबाट आउँदै गरेको मे ४ प ८५११ नम्बरको मोटरसाइकललाई ठक्कर दिई सडकको उत्तरतर्फ पल्टिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जनिशा भट्टराईको पहिलो उम्मेदवारी, किशोर थापा र रञ्जुले पनि दर्ता गराए –
जनिशा भट्टराईको पहिलो उम्मेदवारी, किशोर थापा र रञ्जुले पनि दर्ता गराए –
त्रिविको दीक्षान्त फाराम अनलाइनबाट
त्रिविको दीक्षान्त फाराम अनलाइनबाट
संगीतमा सफल र प्रेममा असफल अरिजित सिंहकाे लुकेकाे पाटाे
संगीतमा सफल र प्रेममा असफल अरिजित सिंहकाे लुकेकाे पाटाे
पाथिभरा दर्शन गरी फर्किएका दुई तीर्थयात्रीको जिप दुर्घटनामा  मृत्यु
पाथिभरा दर्शन गरी फर्किएका दुई तीर्थयात्रीको जिप दुर्घटनामा मृत्यु
चलचित्र “हिरोज” को टिजर रिलिज : टिजरमा करिश्मा देखि पुर्णिमा सम्म
चलचित्र “हिरोज” को टिजर रिलिज : टिजरमा करिश्मा देखि पुर्णिमा सम्म
सनम हत्या मुद्दाका मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’को सुनसँगको सम्बन्ध पुरानै’
सनम हत्या मुद्दाका मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’को सुनसँगको सम्बन्ध पुरानै’
इमरान खानमाथि मोदीले किन विश्वास गर्न सकेनन्?
इमरान खानमाथि मोदीले किन विश्वास गर्न सकेनन्?
बागलुङ दुर्घटनाका १० जनाको पहिचान
बागलुङ दुर्घटनाका १० जनाको पहिचान
रिलेमा सुदूरपश्चिमको कीर्तिमान
रिलेमा सुदूरपश्चिमको कीर्तिमान
संविधानको इमान्दार कार्यान्वयन गर्ने जिम्मेवारी हाम्रो नै होः प्रधानमन्त्री दाहाल
संविधानको इमान्दार कार्यान्वयन गर्ने जिम्मेवारी हाम्रो नै होः प्रधानमन्त्री दाहाल

तपाईंले छुटाउनुभयो कि?