वाम एकताबाट कम्युनिष्ट आन्दोलनले अभूतपूर्व सफलता प्राप्त गर्ने

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष १४, २०७४
|
|
२९ पटक हेरिएको
Shares
वाम एकताबाट कम्युनिष्ट आन्दोलनले अभूतपूर्व सफलता प्राप्त गर्ने

सारांश

  • काठमाडौँ, १४ पुस ।
  • नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनमा पराजित हुँदा पनि नेपाली काँग्रेस नेतृत्वले सरकार नछाडेको बताएका छन् ।
  • पार्टी कार्यालय धूम्रबाराहीमा शहीद हरि नेपाल र चन्द्र पुरीको ३८ औँ स्मृतिसभामा आयोजित कार्यक्रममा उनले निर्वाचनमा पराजित भएपछि स्वाभाविक रुपमा सरकार छाड्नुपर्ने भए तापनि काँग्रेसले अझै सरकार नछाडेको बताए ।

काठमाडौँ, १४ पुस । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनमा पराजित हुँदा पनि नेपाली काँग्रेस नेतृत्वले सरकार नछाडेको बताएका छन् ।

पार्टी कार्यालय धूम्रबाराहीमा शहीद हरि नेपाल र चन्द्र पुरीको ३८ औँ स्मृतिसभामा आयोजित कार्यक्रममा उनले निर्वाचनमा पराजित भएपछि स्वाभाविक रुपमा सरकार छाड्नुपर्ने भए तापनि काँग्रेसले अझै सरकार नछाडेको बताए ।

उनले वाम एकताबाट कम्युनिष्ट आन्दोलनले अभूतपूर्व सफलता प्राप्त गर्ने बताउँदै उपलब्धिलाई उपयोग गरेर मुलुकलाई समृद्धितर्फ लैजाने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा एमाले अनुशासन आयोगका अध्यक्ष अमृतकुमार वोहराले शहीदले देखाएको बाटामा जान आह्वान गरे । ताप्लेजुङका नेपाल र संखुवासभाका पुरीलाई २०३६ सालमा आजैका दिन पञ्चायती सरकारले घर घेरी आक्रमण गरेर संखुवासभाको सिवुवा सावुन भन्ने ठाउँमा हत्या गरेको थियो । नेपाल तत्कालीन समयमा नेकपा माले कञ्चनजंघा कमिटीको सचिव थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?