बिहीबार साँझ निधन भएकी एमाले सांसद दुलारी देवीको आज अन्त्येष्टि हुने

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, चैत्र ११, २०७३
|
|
५१४ पटक हेरिएको
Shares
बिहीबार साँझ निधन भएकी एमाले सांसद दुलारी देवीको आज अन्त्येष्टि हुने

सारांश

  • बिहीबार साँझ निधन भएकी एमाले सांसद दुलारी देवीको आज अन्त्येष्टि हुने भएको छ ।
  • बिहान ८ बजेदेखि ११ बजेसम्म एमाले पार्टी कार्यालय धुम्बाराहीमा दुलारीको शवलाई अन्तिम श्रद्धान्जलि दिएपछि अन्त्येष्टि गरिने एमाले प्रचार विभाग सचिव विष्णु रिजालले जानकारी दिए ।
  • चैत पाँच गते भारतको सीतामढीमा दुर्घटनामा परेकी सांसद दुलारीको उपचारकाका क्रममा बिहीबार साँझ ललितपुरको बी एण्ड बी अस्पतालमा निधन भएको हो ।

बिहीबार साँझ निधन भएकी एमाले सांसद दुलारी देवीको आज अन्त्येष्टि हुने भएको छ । बिहान ८ बजेदेखि ११ बजेसम्म एमाले पार्टी कार्यालय धुम्बाराहीमा दुलारीको शवलाई अन्तिम श्रद्धान्जलि दिएपछि अन्त्येष्टि गरिने एमाले प्रचार विभाग सचिव विष्णु रिजालले जानकारी दिए ।


चैत पाँच गते भारतको सीतामढीमा दुर्घटनामा परेकी सांसद दुलारीको उपचारकाका क्रममा बिहीबार साँझ ललितपुरको बी एण्ड बी अस्पतालमा निधन भएको हो ।

सामान किन्न सीमावर्ती सीतामढी बजारतर्फ मोटरसाइकलमा जाँदा उनी सवार मोटरसाइकललाई भारतको रामनगरा चोकमा ट्रकले ठक्कर दिएको थियो ।

उनीसँगै दुर्घटनामा परेका मोटरसाइकल चालक रवीन्ऽ साहको घटनास्थलमै मृत्यु भएको थियो ।

एमालेको तर्फबाट उनी सर्लाहकी समानुपातिक सांसद हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?