पूर्वराजाको भ्रमण अब यी मठमन्दिरमा

Shikharkhabar Shikharkhabar
|
बुधबार, मंसिर ११, २०७६
|
|
२३ पटक हेरिएको
Shares
पूर्वराजाको भ्रमण अब यी मठमन्दिरमा

सारांश

  • र्व राजा ज्ञानेन्द्र शाहले सक्रियता बढाएका छन् ।
  • उनी आइतबारबाट पश्चिम नेपालको भ्रमणमा निस्कने भएका छन् ।
  •  पूर्व राजाले एक हप्ता लामो यात्रामा प्रदेश नम्बर ५ को विभिन्न जिल्लाको भ्रमण गर्ने उनका सहयोगीले रिपोर्टर्स नेपाललाई जानकारी दिए ।

र्व राजा ज्ञानेन्द्र शाहले सक्रियता बढाएका छन् । उनी आइतबारबाट पश्चिम नेपालको भ्रमणमा निस्कने भएका छन् । पूर्व राजाले एक हप्ता लामो यात्रामा प्रदेश नम्बर ५ को विभिन्न जिल्लाको भ्रमण गर्ने उनका सहयोगीले रिपोर्टर्स नेपाललाई जानकारी दिए । शाहले शुभचिन्तक र समर्थकलाई भेट्नेछन् ।

उनको भ्रमणको उद्देश्य मठमन्दिरको पूजा तथा दर्शन गर्नु रहेको बताइएको छ । अधिकांश तराईका जिल्लाको भ्रमण गर्ने पूर्व राजा पाल्पामा समेत पुग्ने कार्यक्रम छ । तराई र पहाडका जिल्लाहरुका देवी देवताको मन्दिरमा पुग्नेछन् ।

पूर्व राजाको भ्रमणको सम्पूर्ण तयारी पूरा भइसकेको निकटस्थले जानकारी दिए । उनले चढ्ने सवारी र सुरक्षाकर्मीहरुमध्ये केही शुक्रबार नै भैरहवा पुग्नेछन् ।

१५ गते भैरहवा प्रस्थान, १६ गते बुटवलको शिव मन्दिरको दर्शन, १७ गते मर्चवारमा भववती मन्दिरको दर्शन, १९ गते पाल्पाको भगवती मन्दिर दर्शन, २० गते गारुसिंघेस्थित पशुपति मन्दिरको दर्शन, २१ गते नवलपरासीको भगवती मन्दिर दर्शन, २२ गते काठमाडौं फर्कने

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?