अबको १५ दिनमा केपी ओलीको नेतृत्वमा नयाँ सरकार : राम कार्की

Shikharkhabar Shikharkhabar
|
शनिबार, पौष १५, २०७४
|
|
२० पटक हेरिएको
Shares
अबको १५ दिनमा केपी ओलीको नेतृत्वमा नयाँ सरकार : राम कार्की

सारांश

  • काठमाडौं : नेकपा माओवादी केन्द्रका नेता एवम् नवनिर्वाचित सांसद राम कार्कीले अबको १५ दिनभित्रै वाम गठबन्धनको नेतृत्वमा नयाँ सरकार गठन हुने दाबी गरेका छन्।
  • शनिबार रिपोर्टर्स क्लब नेपालले गरेको साक्षात्कारमा नेता कार्कीले अबको १५ दिनभित्रै नयाँ सरकार गठन हुने बताएका हुन्।
  • उनले भने, ‘हामी सरकार निर्माणको गृहकार्यमा जुटिसकेका छौं, अब ढिलोमा १५ दिनभित्र नयाँ सरकार बन्छ, यसमा कुनै दुई मत छैन्।

काठमाडौं : नेकपा माओवादी केन्द्रका नेता एवम् नवनिर्वाचित सांसद राम कार्कीले अबको १५ दिनभित्रै वाम गठबन्धनको नेतृत्वमा नयाँ सरकार गठन हुने दाबी गरेका छन्। शनिबार रिपोर्टर्स क्लब नेपालले गरेको साक्षात्कारमा नेता कार्कीले अबको १५ दिनभित्रै नयाँ सरकार गठन हुने बताएका हुन्। उनले भने, ‘हामी सरकार निर्माणको गृहकार्यमा जुटिसकेका छौं, अब ढिलोमा १५ दिनभित्र नयाँ सरकार बन्छ, यसमा कुनै दुई मत छैन्।’

साक्षात्कारमा बोल्दै पूर्वमन्त्री समेत रहेका कार्कीले सरकार निर्माण गर्दा मुलुकमा यो माईलस्टोन सावित होस् भन्ने आफूहरुको चाहना रहेको बताए। उनले भने, ‘विगतमा भएका कमीकमजोरी सच्याउँदै हामी अब समाजवादको आधारलाई ध्यानमा राखेर काम गर्न केन्द्रित हुन्छौं, पार्टी एकताको मापदण्ड पनि समाजवादलाई परिभाषित गर्दै अघि बढने नै हो, जनतालाई शोषणबाट मुक्त गर्नु नै समाजवाद हो।’

उनले अब नेपालमा एमाले र माओवादी पार्टी भन्ने नै नरहेको जिकिर गरे। उनले भने, ‘माओवादी र एमाले भन्ने कुरा अब रहेन, औपचारिक रुपमै जनताले केपी ओली र पुष्पकमल दाहाल प्रचण्डको एकता अभियानलाई छाप लगाइसक्नुभएको छ।’

कार्कीले यतिबेला पदीय बाँडफाँडभन्दा पनि कसरी समाजवादको लक्ष्यलाई हाँसिल गर्न सकिन्छ भन्ने नै आफूहरुको मुख्य ध्यान रहेको सुनाए। चुनावमा होमिँदै गर्दा नै आफूहरुले अबको प्रधानमन्त्री एमाले अध्यक्ष ओली बन्ने भनेर नै प्राजेक्शन गरिसकेकोले यसमा कुनै द्विविधा नभएको उनको भनाइ छ। यद्वपी उनले ओलीले आफू बन्न नचाहँदा उहाँले चाहेको व्यक्ति नै प्रधानमन्त्री बन्न सक्ने विश्वास दिलाए।

उनले भने, ‘केपी ओलीजी प्रधानमन्त्री बन्दा प्रचण्डलाई पनि सक्रिय पद दिने समझदारी छ, त्यसै अनुरुप अघि बढ्छौं।’ कार्कीले आफूहरुबीच पद विशेषमा कुनै झगडा नहुने समेत जनाए।

कार्कीले आफूहरुको अर्को मुख्य ध्यान भनेको नेपाली कांग्रेसलाई पनि विश्वासमा लिएर अघि बढ्ने नै रहेको जनाए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गणतन्त्र, संघीयता र धर्मनिरपेक्षतालाई विदेशी एजेण्डा भन्नेहरुसँग बाबुराम आक्रोशित
गणतन्त्र, संघीयता र धर्मनिरपेक्षतालाई विदेशी एजेण्डा भन्नेहरुसँग बाबुराम आक्रोशित
नेपालमा शान्ति चाहियो कि चाहिएन ?
नेपालमा शान्ति चाहियो कि चाहिएन ?
प्रधानन्यायाधीश राणाले शुरु गरे निगरानीको काम
प्रधानन्यायाधीश राणाले शुरु गरे निगरानीको काम
अदालतका कर्मचारी कुटपिट गरेको आरोपमा वकिल पक्राउ
अदालतका कर्मचारी कुटपिट गरेको आरोपमा वकिल पक्राउ
अबको प्रधानमन्त्री ओली र एकीकृत पार्टीको अध्यक्ष प्रचण्ड
अबको प्रधानमन्त्री ओली र एकीकृत पार्टीको अध्यक्ष प्रचण्ड
चेपुवामा नेपालः अमेरिकी नीतिमा नेपालको प्रवेश रहर कि बाध्यता ?
चेपुवामा नेपालः अमेरिकी नीतिमा नेपालको प्रवेश रहर कि बाध्यता ?
मालीमा लडाकु समूहद्वारा आक्रमणः ४९ सर्वसाधारणसहित ११४ जनाको मृत्यु
मालीमा लडाकु समूहद्वारा आक्रमणः ४९ सर्वसाधारणसहित ११४ जनाको मृत्यु
मोटरसाईकलमा २४ तोला बराबरको सुनजस्तो धातु बोकेर चितवनतिर जाँदै थिए, त्यसपछि‘….
मोटरसाईकलमा २४ तोला बराबरको सुनजस्तो धातु बोकेर चितवनतिर जाँदै थिए, त्यसपछि‘….
के शहर के दुर दराज जताततै हत्केला समाज
के शहर के दुर दराज जताततै हत्केला समाज
एक्लाएक्लै एकता वार्ता : ओलीको आँखा प्रधानमन्त्रीमा, दाहालको अध्यक्षमा
एक्लाएक्लै एकता वार्ता : ओलीको आँखा प्रधानमन्त्रीमा, दाहालको अध्यक्षमा

तपाईंले छुटाउनुभयो कि?