गणतन्त्र, संघीयता र धर्मनिरपेक्षतालाई विदेशी एजेण्डा भन्नेहरुसँग बाबुराम आक्रोशित
सारांश
- काठमाडौं, २४ मंसिर ।
- जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा.
- बाबुराम भट्टराईले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षतालाई विदेशी एजेण्डा भन्नेहरुप्रति कडा टिप्पणी गरेका छन् ।
काठमाडौं, २४ मंसिर । जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षतालाई विदेशी एजेण्डा भन्नेहरुप्रति कडा टिप्पणी गरेका छन् ।

आज सामाजिक सञ्जाल ट्विटरमार्फत उनले यस्तो लेखेका छन् -“गणतन्त्र/ संघीयता/ धर्मनिरपेक्षता इ. ककाई ‘विदेशी एजेण्डा’ भन्नेहरूलाई सुझावः १.विज्ञान/ प्रविधि/ विदेशी भाषा नपढ; गुरूकुल मात्र जाऊ; २.अस्पताल नजाऊ,धामीझांक्री लगाऊ; ३.गाडी नचढ,पैदल मात्र हिंड; ४ विदेशी/मशिनले सिएका लुगा नलाऊ,लगौंटी लगाएर हिंड; ५.फोन/इन्टरनेट/टीभी प्रयोग नगर! नत्र वकवास नगर!”
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया